सुदूरपश्चिम प्रदेशमा थप ७० जनामा कोरोना पुष्टि, संक्रमितको संख्या ६ हजार ३ सय ८८ पुग्यो

धनगढी, भदौ २५ (ई-रैवार)
सुदूरपश्चिम प्रदेशमा थप ७० जनामा कोरोना पुष्टि भएको छ । सेती प्रादेशिक अस्पताल प्रयोगशाला र डोटी अस्पताल प्रयोगशालामा गरिएको परीक्षणमा ७० जनामा कोरोना पुष्टि भएको हो ।
सेती प्रादेशिक अस्पतालको प्रयोगशालामा पछिल्लो २४ घण्टामा ३ सय १९ जनाको कोरोना परीक्षण भएकोमा ६९ जनामा संक्रमण पुष्टि भएको छ।
सेती प्रादेशिक अस्पतालका सूचना अधिकारी दिलिप कुमार श्रेष्ठले कैलालीका ६७ जनामा संक्रमण पुष्टि भएको बताएका छन । उनले धनगढी उप–महानगरपालिकाका मात्रै ९ जना महिला र ४१ जना पुरुषगरी ५० जनामा संक्रमण पुष्टि भएको बताए ।
सूचना अधिकारी श्रेष्ठका अनुसार गोदावरी नगरपालिकाका १३ जना, कैलारी गाउँपालिकाका १ जना, चुरे गाउँपालिकाका २ जना, घोडाघोडी नगरपालिकाका १ जना र कञ्चनपुरको पुर्नवासका २ जनामा संक्रमण पुष्टि भएको छ ।
जिल्ला अस्पताल डोटीको प्रयोगशालामा भएको परीक्षणमा १ जनामा संक्रमण पुष्टि भएको छ । ६१ जनाको कोरोना परीक्षण भएकोमा १ जनामा संक्रमण पुष्टि भएको अस्पतालले जनाएको छ।
डडेल्धुरा अस्पतालमा परीक्षण गरिएका सबैको रिर्पोट नेगेटिभ आएको छ। पछिल्लो २४ घण्टामा ९७ जनाको परीक्षण गरिएकोमा सबैको रिर्पोट नेगेटिभ आएको डडेल्धुरा अस्पतालले जनाएको छ ।
यो सँगै सुदूरपश्चिममा संक्रमितको संख्या ६ हजार ३ सय ८८ पुगेको छ। उनीहरु मध्ये ५ हजार ३ सय ९४ जनाले कोरोना जितेका छन् भने १४ जनाको मृत्यु भइसकेको छ।





प्रतिकृया दिनुहोस्