April 18, 2026, Saturday
२०८३ बैशाख ५

धनगढीका ६ स्थानमा क्याम्प संचालन : ४ दिनको अवधीमा ३ सय ६ जनाको स्वाव संकलन

धनगढी,भदौ २२ (ई-रैवार) 

धनगढी उप–महानगरपालिकाले समुदायबाट सोमबार सम्म ३ सय ६ जनाको पिसिआरका लागि स्वाव संकलन गरेको छ । उप–महानगरपालिकाले कन्ट्रयाक्ट ट्रेसिङ्ग अन्तरगत समुदायबाट सोमबार सम्म ३ सय ६ जनाको पिसिआरका लागि स्वाव संकलन तथा परीक्षण गरेको हो ।

उप–महानगरपालिकाले नगर क्षेत्रमा ट्राभल हिस्ट्री नभएका ब्यक्तिमा कोरोना संक्रमण देखिए पछि पिसिआर परीक्षणको दायरा बढाईएको छ । जसमा संक्रमित भेटिएका परिवारका सदस्य, प्रत्यक्ष सम्पर्कमा आएका ब्यक्तिहरु रहेका छन् ।

धनगढी उप–महानगरपालिकाले ६ वटा स्थानमा क्याम्प संचालन गरेर स्वाव संकलन गरीरहेको जनाएको छ । धनगढी उप–महानगरपालिका प्रवत्ता सन्तोष मुडभरीका अनुसार वडा नं ५ को पञ्चोदय मावि, वडा नं ६ को वाशुदेवी मावि, वडा नं ७ को बेली शहरी स्वास्थ्य प्रवद्र्धन केन्द्र, वडा नं १ को कवडहल, वडा नं १ को टिम्वर कर्पोरेशन नजिक र वडा नं ४ को राष्ट्रिय तुलसीराम माविमा क्याम्प राखेर स्वाव संकलन गरीरहेको बताएका छन् ।

‘उप–महानगरपालिकाले निरन्तर कन्ट्रयाक्ट ट्रेसिङ्गका आधारमा स्वाव संकलन गर्ने र परीक्षण गर्ने काममा जुटेको छ’ धनगढी उप–महानगरपालिकाका उप–प्रमुख सुशीला मिश्र भट्टले भनिन्, ‘यसको दायरा बढाउदै लगिने छ ।

स्वाव संकलन अभियान अन्तरगत सोमबार वडा नं ४ उत्तरबेहडीमा रहेको राष्ट्रिय तुलसीराम माविमा क्याम्प राखेर समुदायबाट २९ जनाको पिसिआर परीक्षणका लागि स्वाव संकलन गरेको पनि उप–प्रमुख भट्टले बताईन ।

यस अभियानमा कोभिड १९ का उप–समितिका संयोजक नारायणप्रसाद बराल र स्वास्थ्यकर्मीको टोली फिल्डमा खटिएको धनगढी उप–महानगरपालिकाका प्रवत्ता मुडभरीले बताएका छन् ।