धनगढी उप–महानगरपालिका क्याम्प राखेर पिसिआर परीक्षणका लागि स्वाव संकलन गर्दै

धनगढी, भदौ २१ (ई-रैवार)
धनगढी उप–महानगरपालिकाले क्याम्प राखेर पिसिआर परीक्षणका लागि स्वाव संकलन गरेको छ । धनगढी उप–महानगरपालिकाले आईतबार वडा नं १ स्थीत कवडहलमा क्याम्प राखेर पिसिआर परीक्षणका लागि स्वाव संकलन गरेको हो ।
स्वाव दिनेहरुमा संक्रमित भेटिएका परिवारका सदस्य, प्रत्यक्ष सम्पर्कमा आएका ब्यक्तिहरु रहेको धनगढी उप–महानगरपालिकाले जनाएको छ । समुदायबाट ४५ जनाको स्वाव संकलन गरिएको धनगढी उप–महानगरपालिका स्वास्थ्य शाखाका अहेव दिपक सुनारले बताए ।
नगर क्षेत्रमा ट्राभल हिस्ट्री नभएका ब्यक्तिमा कोरोना संक्रमण देखिए पछि पिसिआर परीक्षणको दायरा बढाईएको धनगढी उप–महानगरपालिकाका प्रमुख निर्प वडले बताएका छन ।
उप–महानगरपालिकाले समुदायबाट ट्रेसिङ्ग गरेर आईतबार सम्म २ सय ७७ जनाको पिसिआर परीक्षणका लागि स्वाव संकलन गरेको जनाएको छ ।





प्रतिकृया दिनुहोस्