सुदूरपश्चिममा कोरोना परीक्षणमा संलग्न आठजना ल्याव असिस्टेन्टमा संक्रमण

धनगढी असार १४(ई-रैवार)
कोरोनाको परीक्षणका क्रममा संलग्न सुदूरपश्चिममा आठजना ल्याव असिष्टेण्टमा कोरोना संक्रमण देखिएको छ ।
मेडिकल ल्यावोरेटरी एसोसिएसन अफ नेपाल (मेलान)का अनुसार कोरोना परीक्षणमा संलग्न सुदूरपश्चिमका आठजना ल्याव असिस्टेन्टहरूमा पिसिआर परिक्षण गर्दा कोरोना संक्रमण पाईएको हो ।
उनिहरूमध्ये ३ जनाले कोरोना जितेर घर फर्किका छन् भने ५ जना अझै अस्पतालको आईसोलेशनमा उपचाररत छन् । उपचाररतमध्ये कैलालीमा एकजना, बाजुरामा दुईजना महेन्द्रनगरमा दुईजना रहेका छन् ।
कञ्चनपुरका तिनजना ल्याव असिष्टेण्ट भने कोरोना जितेर घर फर्किएको मेलान कैलालीका अध्यक्ष मीनबहादुर धामीले जानकारी दिए ।
उनले पीसिआर पोजेटिभ देखिएका ५ जना अहिले अस्पतालको आइसोलेशनमा रहेका र एक जना मात्रै सरकारी कर्मचारी र अन्य समिति मार्फत कार्यरत रहेको बताए ।
ल्याव असिस्टेन्टहरूमा कोरोना पोजेटिभ देखिएपछि मेलान कैलालीका अध्यक्ष धामीको समन्वयमा सगरमाथा इन्स्युरेन्स कम्पनीले विमाको व्यवस्था समेत गरेको छ । सुदूरपश्चिममा हाल ५ सय जना ल्याव असिस्टेन्ट कार्यरत छन् ।





प्रतिकृया दिनुहोस्