June 18, 2025, Wednesday
४ असार २०८२, बुधबार

अर्जुन ट्रफि : फाइन खेलमा अत्तरियाले दियो डडेल्धुरालाई ११९ रनको लक्ष्य

धनगढी । धनगढीमा जारी अर्जुन ट्रफी राष्ट्रिय क्रिकेट प्रतियोगिताको फाइनल सिबाईसी अत्तरियाले फेण्ड्स क्लब डडेल्धुरालाई ११९ रनको लक्ष्य दिएको छ । टस जितेर पहिले ब्याटिङ रोजेको अत्तरियाले २० ओभरमा ९ विकेट गुमाउँदै ११८ रनको लक्ष्य दिएको हो ।

अत्तरियाका लागि रासिद खानले सर्वाधिक ३१ रन बनाएका थिए । त्यस्तै सन्तोष कार्की र शङ्कर रानाले समान २०–२० रन बनाउँदा सन्दीप क्षेत्रीले १२, विवेक यादवले ११, भीम सार्कीले १० दिनेश कँडेलले ७, साहब आलमले २, कमल गुप्ता र निश्चल केसीले १–१ रन बनाए ।

ओपनर ब्याट्सम्यान तीर्थ राज दास शून्य रनमा आउट भएका थिए । अत्तरियाका तीन खेलाडी रन आउट भएका थिए ।

डडेल्धुराका लागि अभिषेक गौतमले ४ विकेट लिएका थिए । यस्तै अजय चौहान र कुशल भुर्तेलले पनि एक एक विकेट लिए भएका थिए ।

धनगढीको फाप्ला अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा भइरहेको प्रतियोगितामा विजेता टिमले नगद १० लाख र उपविजेताले नगद ५ लाख सहित ट्रफी पाउनेछन् । प्रतियोगिताको सर्वोकृष्ट खेलाडीलाई नगद एक लाख प्रदान गरिनेछ ।

उत्कृष्ट ब्याट्सम्यान, उत्कृष्ट बलर र उदयमान खेलाडीले जनही ५०–५० हजार पाउनेछन् ।