April 15, 2026, Wednesday
२०८३ बैशाख २

स्कारपीओ जीप दुर्घटना, ७ घाइते, दुई गम्भीर

ई–रैवार समाचार, डोटी साउन ६,

स्कारपीओ जीप दुर्घटनामा परी सात जना घाईते भएका छन्, दुईजना गम्भिर छन् । धनगढीबाट अछाम जादै गरेको बा १९ च ५३७ नम्करको स्कारपियो जीप डोटीको पूर्वीचौकी गाउँपालिका– ५ मा दुर्घटनामा परेको हो ।

जिल्ला प्रहरी कार्यालय डोटीका प्रहरी नायब उपरिक्षक लाल बहादुर धामीका अनुसार दुर्घटनामा जीप चालक अछाम मंगलसैन–५का ३१ वर्षीय थलेन्द्र उपाध्याय, कमलबजार नगरपालिका–९ का ३३ वर्षीय दिपक प्रसाद उपाध्याय, जयगड गाउँपालिका–६ का ३ वर्षीय रतेश ठकुल्ला, सोही ठाँउका ३० वर्षीय हरक ठकुल्ला, ३ वषर््ीाय रोनिश ठकुल्ला, २७ वर्षीय दीपा ठकुल्ला र  रामारोशन गाउँपालिकाका २३ वर्षीय रेजिना खनाल घाइते भएका छन् ।

उनीहरु मध्ये रोनिश र दीपाको अवस्था गम्भीर छ । उनीहरुलाई कोहलपुर रेफर गरिएको छ, भने अन्यको बयलपाटा अस्पतालमा उपचार भइरहेकोे छ।