अदालतले अमेरिकी अनुदान सहायता रोक्ने राष्ट्रपति ट्रम्पको निर्णय गर्यो स्थगित

काठमाडौं । अदालतले अमेरिकी अनुदान सहायता रोक्ने राष्ट्रपति डोनाल्ड ट्रम्पको निर्णय स्थगित गरेको छ । राष्ट्रपति ट्रम्पको निर्णय कार्यान्वयन नगर्न अदालतले आदेश दिएपछि वैदेशिक अनुदान सहयोगमा रोक लगाउने निर्णय स्थगित गरेको हो ।
राष्ट्रपति ट्रम्पले सबै प्रकारका वैदेशिक अनुदान सहयोगमा रोक लगाउने निर्णय गरेको थियो। विदेशी अनुदान वितरण ९० दिनका लागि स्थगित गर्ने राष्ट्रपति ट्रम्पको निर्णय कार्यान्वयन नगर्न अदालतले आदेश दिएपछि ह्वाइटहाउस पछि हटेको हो ।
राष्ट्रपति ट्रम्पले २० जनवरीमा शपथ ग्रहण गरिसकेपछि विभिन्न मुलुकलाई बाँड्दै आएको अनुदान सहयोग ९० दिनसम्मका लागि स्थगित गर्ने निर्णयमा हस्ताक्षर गरेका थिए । त्यसपछि सबै देशहरुमा निर्णय कार्यान्वयनका लागि पत्राचार गरिएको थियो ।
यो निर्णयले अमेरिकी सरकारको सहायतामा परेका लाखौं व्यक्तिहरुमा त्रास फैलिएको भन्दै जिल्ला अदालतका न्यायाधीश लोरेन अली खानको इजलासले निर्णय तत्काल यथास्थितिमा राख्न आदेश दिएको बीबीसीले जनाएको छ ।
ट्रम्पको निर्णयले विश्वभर अमेरिकाको सहयोगमा सञ्चालित स्वास्थ्य, शिक्षा र विकाससँग सम्बन्धित कयौं प्रोजेक्टहरु बन्द हुने र ती क्षेत्रमा संलग्न व्यक्तिहरुको रोजगारी पनि संकटमा पर्ने चिन्ता व्यक्त हुँदै आएको थियो ।




प्रतिकृया दिनुहोस्