May 4, 2026, Monday
२०८३ बैशाख २१

महिला यू-१९ एसिया कप : आज नेपाल भारतसँग खेल्दै

काठमाडौं । महिला यू-१० एसिया कप क्रिकेटमा नेपालले आज भारतसँग खेल्दैछ। मलेसियाको क्वालालम्पुरस्थित बायुमास ओभलमा नेपाली समयअनुसार खेल बिहान ११:४५ बजेदेखि सुरू हुनेछ।

पहिलो खेलमा पाकिस्तानलाई पराजित गर्दै नेपाल एसिया कपको शीर्ष चारमा पुगिसकेको छ। सोमबार भएको खेलमा पाकिस्तानले दिएको १०५ रनको लक्ष्य नेपालले १९ ओभरमा चार विकेटको क्षतिमा पूरा गरेको थियो।

दुई खेलमा पराजित हुँदै पाकिस्तान समूह चरणबाट बाहिरिँदा भारतसँग खेल्नुअघि नै नेपाल शीर्ष चारमा पुगेको हो। समूह बी श्रीलंका, बंगलादेश र मलेसिया छन्। श्रीलंका दुई खेल खेलेर एक जितसहित शीर्ष स्थानमा छ।

श्रीलंकाले मलेसियालाई पराजित गर्दा बंगलादेशसँग पराजित भएको थियो। समूह बी बाट दुई टोली शीर्ष चारमा पुग्नेछन्।

शीर्ष चारमा पुग्ने देशले शीर्ष चारमै पुगेका बाँकी ३ देशसँग खेल्नेछ। त्यसपछि शीर्ष दुई टिमले फाइनल खेल्नेछ।