May 4, 2026, Monday
२०८३ बैशाख २१

साफ यु-२० च्याम्पियन्सिपमा आज नेपालले भुटानसँग सेमिफाइनल खेल्दै

काठमाडौँ । साफ यु-२० च्याम्पियनसिपको सेमिफाइनलमा आज नेपालले भुटानसँग खेल्दैछ। ललितपुरको सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा आइतबार साँझ साढे ५ बजे खेल सुरू हुने भएको हो।

नेपाल समूह ‘ए’ को विजेता बनेर सेमिफाइनलमा पुगेको थियो। समूह चरणमा नेपालले श्रीलंकालाई १-० र बंगलादेशलाई २-१ गोलले पराजित गरेको थियो।

घरेलु मैदानमा च्याम्पियन बन्ने लक्ष्यसहित नेपालले आज सेमिफाइनल खेल्न लागेको हो ।

भुटान समूह बी को उपविजेता हो। समूह बी बाट भुटान माल्दिभ्सलाई हराउँदै सेमिफाइनल पुगेको थियो। समूह चरणमा भारतसँग भने पराजित भएको थियो।

सेमिफाइनलको अर्को खेल सोमबार भारत र बंगलादेशबीच हुनेछ। प्रतियोगिताको फाइनल खेल बुधबार हुने जनाएको छ।