May 5, 2026, Tuesday
२०८३ बैशाख २२

दीपेन्द्रको कीर्तिमानी प्रदर्शन, एकै ओभरमा ६ छक्का

काठमाडौँ। एसिसी प्रिमियर कपमा अलराउन्डर दीपेन्द्रसिंह ऐरीले कीर्तिमानी प्रदर्शन गरेका छन् । ऐरीले कीर्तिमानी प्रदर्शनुसगै नेपालले लगातार दोस्रो जित निकालेको छ।

शनिबार एसीसी प्रिमियर कपअन्तर्गत कतारविरुद्ध भएको खेलमा ऐरीले एकै ओभरमा ६ छक्का हिर्काएका हुन्। समूहमा लगातार दोस्रो जित निकाल्ने क्रममा नेपालले ओमानमा भएको खेलमा कतारलाई ३२ रनले पराजित गर्‍यो।

नेपालले दिएको २११ रनको लक्ष्य पछ्याएको कतारले ९ विकेटको क्षतिमा १७८ रन जोड्यो। नेपालले दिएको २११ रनको लक्ष्य पछ्याएको कतारले ९ विकेटको क्षतिमा १७८ रन जोड्यो।

कतारका लागि कप्तान मोहमद तनविरले ६३ रन जोडे। उनले ३३ बलमा ६ चौका र ४ छक्का प्रहार गरे। उनी १५औं ओभरमा अभिनास बोहराको बलमा कुशल भुर्तेलबाट क्याच भएका थिए।

बलिङमा नेपालका ललित राजवंशी, गुल्सन झा र दीपेन्द्रसिंह ऐरीले २(२ विकेट लिए। त्यसअघि टस जितेर पहिले ब्याटिङ गरेको नेपालले दीपेन्द्रको विस्फोटक ब्याटिङमा ७ विकेटको क्षतिमा २१० रन जोडे थियो।

नेपालका लागि दीपेन्द्रले अन्तिम ६ बलमा ६ छक्का प्रहार गरे । उनले कतारका कमरान खानलाई अन्तिम ओभरको सबै ६ बलमा छक्का हिर्काएका हुन्। दीपेन्द्रले नटआउट ६४ रन जोडे। उनले २१ बलमा ३ चौका र ७ छक्का प्रहार गरे।

यसअघि पनि दीपेन्द्रले ६ बलमा ६ छक्का हिर्काए पनि त्यो एकै ओभरमा थिएन। जसका कारण दीपेन्द्र अन्तर्राष्ट्रिय क्रिकेटमा नेपालका लागि एकै ओभरमा ६ छक्का प्रहार गर्ने पहिलो खेलाडी भए।

उनी एकै ओभरमा छ छक्का प्रहार गर्ने तेस्रो अन्तराष्ट्रिय खेलाडी बने। यसरी भारतका युवराज सिंह र वेस्ट इन्डिजका केइरन पोलार्डले पनि एकै ओभरमा छ छक्का प्रहार गरेका थिए।

प्रतियोगितको नेपाल साविक विजेता हो। प्रतियोगितामा १० टिम सहभागी छन्। समूह ‘ए’ मा रहेको नेपालसँगै समूहमा मलेसिया, कतार, हङकङ र साउदी अरेबिया छन्।

कपको आयोजक ओमान समूह ‘बी’ मा छ। समूहमा ओमानसहित युएई, कुवेत, बहराइन र कम्बोडिया छन्। पहिलो खेलमा मलेसिया र दोस्रो खेलमा कतारलाई हराएको नेपालले अब तेस्रो खेल हङकङसँग वैशाख ३ गते र चौथो खेल साउदी अरेबियासँग वैशाख ५ गते खेल्नेछ।

समूहमा शीर्ष दुई टिम सेमिफाइनल पुग्नेछन्। सेमिफाइनल वैशाख ७ गते र फाइनल वैशाख ९ गते हुनेछ।

यो प्रतियोगिता जित्ने टिम सन् २०२५ को एसिया कपमा पुग्नेछ। सन् २०२५ को एसिया कप टी-२० फर्म्याटमा हुनेछ। शीर्ष तीन टिमले एसिसी इमर्जिङ टिम्स एसिया कप खेल्नेछन्।

प्रतियोगितालाई आइसिसी टी-२० विश्वकपको तयारीको रूपमा लिइएको छ। गत वर्ष नेपालमा भएको प्रतियोगिता जितेको नेपालका लागि उपाधि रक्षा गर्ने चुनौती पनि छ।