आईपीएलमा आज अपराजित कोलकातालाई चेन्नईले चुनौती दिदैं

काठमाडौं । इन्डियन प्रिमियर लिग (आईपीएल) को १७ औं सिजनको २२ औं खेलमा आज चेन्नई सुपर किंग्सले कोलकाता नाइट राइडर्सको सामना गर्दैछ । खेल एमए चिदम्बरम (चेपौक) स्टेडियम, चेन्नईमा साँझ ७ः४५ बजेबाट सुरु हुने भएको छ ।
सिजनमा चेन्नईको यो पाँचौं खेल हुनेछ । टोलीले ४ मध्ये २ खेल जितेको छ । कोलकाताको यो चौथो खेल हुनेछ। टोलीले यो सिजन अहिलेसम्म एक खेल पनि हारेको छैन ।
हिजो भएको खेलमा मुम्बई इण्डियन्सले पहिलो जित दर्ता गरेको छ । चौथो खेलमा पहिलो जित दर्ता गर्ने क्रममा मुम्बईले दिल्ली क्यापिटल्स विरुद्ध २९ रनको जित हात पारेको हो ।
मुम्बईले दिएको २३५ रनको विशाल लक्ष्य पछ्याएको दिल्लीले निर्धारित २० ओभरमा ८ विकेट गुमाउँदै २०५ रन मात्र बनाउन सक्यो ।
दिल्लीका लागि ट्रिस्टन स्टब्सले २५ बलमा ३ चौका र ७ छक्का सहितको विष्फोटक ७१ रन बनाएपनि टोलीलाई जिताउन सकेनन् । यस्तै पृथ्वी शवले ४० बलमा ८ चौका र ३ छक्का सहित ६६ रन बनाए । अभिषेक पोरेलले पनि ३१ बलमा ४१ रनको योगदान गरे ।
अन्य ब्याटर चल्न नसक्दा दिल्लीले लक्ष्य भेटाउन सकेन । मुम्बईका लागि जेराल्ड कोट्जीले सर्वाधिक ४ विकेट लिए । यस्तै जस्प्रित बुम्राहले २ तथा रोमारियो शेफर्डले एक विकेट लिए ।
त्यसअघि वानखेडे स्टेडियममा टस हारेर पहिले ब्याटिङ गरेको मुम्बईले निर्धारित २० ओभरमा ५ विकेट गुमाउँदै २३५ रन बनायो । मुम्बईका लागि कुनै पनि ब्याटरले अर्धशतक बनाएनन् । कप्तान रोहित शर्माले २७ बलमा सर्वाधिक ४९ रन बनाउँदै अर्धशतकबाट चुके ।
यस्तै टिम डेभिडले २१ बलमा ४५ रन बनाउँदा शेफर्डले १० बलमा ३ चौका र ४ छक्का सहित ३९ रन बनाए । कप्तान हार्दिक पान्ड्याले पनि ३९ रन बनाएका थिए ।
दिल्लीका लागि अक्सर पटेल र एनरिक नोर्ट्जेले २-२ विकेट लिँदा खेलील अहमदले १ विकेट लिए । जितपछि मुम्बई पुछारबाट माथि उक्लदै आठौं स्थानमा पुगेको छ । दिल्ली भने ५ खेलमा १ जित सहित पुछारमा पुगेको छ ।
आईतवार भएको दोस्रो खेलमा लखनऊ सुपर जाएन्ट्स विजयी भएको छ । लखनऊले गुजरात टाईटन्स माथि ३३ रनको जित हासिल गरियो हो । लखनऊले दिएको १६४ रनको लक्ष्य पछ्याएको गुजरातले १८.५ ओभरमा सबै विकेट गुमाउँदै १३० रन मात्र बनाउन सक्यो ।
गुजरातका लागि साई सुदर्शनले बनाएको ३१ रन नै सर्वाधिक वनमा पुग्यो । यस्तै राहुल तेवातियालिए ३० र शुभमन गिलले १७ रन बनाउनु बाहेक अन्यको उल्लेखनीय प्रदर्शन रहन सकेन ।
लखनऊका लागि यश दयाल एक्लैले ५ विकेट लिए । यस्तै क्रुनाल पन्ड्याले ३ तथा नभिन उल-हक र रभि विश्नोईले समान १-१ विकेट लिए ।
त्यसअघि टस जितेर ब्याटिङ रोजेको लखनऊले २० ओभरमा ५ विकेट गुमाउँदै १६३ रन बनायो । लखनऊका लागि मार्कस स्टोइनिसले ४३ बलमा सर्वाधिक ५८ रन बनाए । यस्तै कप्तान केएल राहुलले ३३ तथा निकोलस पुरनले ३२ रन जोडे । आयुष बडोनीले २० रन बनाए ।
लखनऊका लागि उमेश यादव र दर्शन नलकन्डेले २-२ विकेट लिए भने राशिद खानले १ विकेट लिए । जित पछि लखनऊ ४ खेलमा ३ जित सहित तालिकाको तेस्रो स्थानमा छ भने गुजरात ५ खेलमा २ जित सहित सातौं स्थानमा छ ।





प्रतिकृया दिनुहोस्