May 5, 2026, Tuesday
२०८३ बैशाख २२

एकदिवसीय सिरिज : नेपाल ‘ए’ ले टस हार्यो, फिल्डिङ गर्दै

काठमाडौं । नेपाल ए ले तेस्रो तथा अन्तिम एक दिवसीय खेलमा आज आयरल्यान्ड ए विरुद्ध टस हारेर पहिला फिल्डिङको निम्तो पाएको छ । त्रिवि क्रिकेट मैदानमा आयरल्यान्डका कप्तान निल रकले टस जितेर पहिला ब्याटिङ गर्ने निर्णय लिएका हुन् ।

वल्भ्स कप्तान निल रकले टस जितेर ब्याटिङ रोजेको हुन् । नेपालले पहिलो फिल्ड गर्दैछ । नेपालले आजको खेलमा ४ परिवर्तन गरेको छ । आरिफ शेख, श्याम ढकाल, कमल सिंह ऐरी र बसिर अहमद बेन्चमा छन् । वल्भ्सले पनि टोलीमा ३ परिवर्तन गरेको छ ।

नेपालले सिरिजको सुरुवाती दुवै खेल हारिसकेको छ ।तर क्लिन स्विप हुनबाट जोगिन आजको खेल जित्नैपर्ने दबाब छ।  टि-२० सिरिजमा २-१ को नतिजा निकालेको नेपाल ए एकदिवसीयमा पनि सोही नतिजा दोहोर्याउने सुरमा हुनेछ ।

नेपाल सिरिजको पहिलो खेलमा २१ रनले पराजित हुँदा दोस्रो खेलमा ११४ रनको लज्जास्पद हार ब्यहोरेको थियो। दोस्रो खेलमा नेपाल ६० रनमै अलआउट भएको थियो। क्लिन स्विप हुनबाट जोगिन आजको खेलमा नेपालले जित्नुपर्ने दबाब छ।

नेपालको टोली :

विनोद भण्डारीको कप्तानीमा रहेको टिममा अर्जुन कुमाल, देव खनाल, नरेन भट्ट, भीम सार्की, अर्जुन साउद, आरिफ शेख, बसिर अहमद, कमल सिंह ऐरी, शाहब आलम, रन्जित कुमार, रूपेश सिंह, रिजन ढकाल, विकास आग्री र मौसम ढकाल छन्।

आयरल्यान्ड वल्भ्स :

निल रक, केड कार्माइकल, स्टेफन डोहनी, म्याथ्यु फोस्टर, फिओन ह्यान्ड, ग्याभिन होए, म्याथ्यु हम्फ्रिज, जेम्स मकलम, पिजे मुर, मोर्गन टपीङ, बेन ह्वाइट