May 5, 2026, Tuesday
२०८३ बैशाख २२

आईपीएलमा राजस्थानको अपराजित यात्रा, आज मुम्बई-दिल्ली र लखनऊ-गुजरात भिड्ने

काठमाडौं । इन्डियन प्रिमियर लिग (आईपीएल) क्रिकेटमा राजस्थान रोयल्स (आरआर) ले अपराजित यात्रा कायमै राखेको छ । शनिबार राति मानसिंह स्टेडियम जयपुरमा विराट कोहलीले शतकीय पारि खेलेपनि रोयल च्यालेन्जर्स बैंग्लुरु (आरसीबी) राजस्थान रोयल्ससँग ६ विकेटले पराजित भएको हो।

कोहलीको शतकमा बैंगलुरूले राजस्थानलाई १८४ रनको लक्ष्य दिएको थियो। उक्त लक्ष्य राजस्थानले ५ बल बाँकी छँदै  पार गरेको हो। बैंग्लुरुले पहिला ब्याटिङ गर्दै ३ विकेट गुमाएर १८३ रन बनाएको थियो । जवाफमा राजस्थानका लागि जोस बटलरले शतकीय पारि खेल्दै अपराजित यात्रालाई कायमै राखे ।

राजस्थानका लागि जोस बटलरले अन्तिम बलमा शतक पुर्याए । ६ बलमा १ रन चाहिएको अवस्थामा बटलर ९४ रनमा रहेका थिए । अन्तिम ओभरको पहिलो बलमा नै छक्का प्रहार गर्दै उनले ५८ बलमा शतक पुरा गरे । उनको इनिङमा ९ चौका र ४ छक्का सम्मिलित थियो ।

यस्तै राजस्थानका लागि कप्तान सञ्जु स्यामसनले ४२ बलमा ८ चौका र २ छक्का सहित ६९ रन जोडे । शिमरन हेटमायरले ११ रन बनाए ।

आरसिबिका लागि रिस टोप्लीले २ तथा यश दयाल र मोहम्मद सिरजले १-१ विकेट लिए ।

त्यसअघि जयपुरमा टस हारेर पहिले ब्याटिङ गरेको आरसिबिले २० ओभरमा ३ विकेट गुमाउँदै १८३ रन जोड्यो । आरसिबिका लागि विराट कोहलीले ७२ बलमा १२ चौका र ४ छक्का सहित ११३ रनको शतकीय इनिङ खेले । यस्तै कप्तान फ्याफ डु प्लेसिसले ३३ बलमा ४४ रन बनाए । तर अन्य ब्याटर चल्न नसक्दा आरसिबिले अझ ठूलो योगफल खडा गर्न सकेन ।

राजस्थानका लागि युजभेन्द्र चहलले २ तथा नन्द्रे बर्गरले १ विकेट लिएका थिए । जित पछि राजस्थान ४ खेलमा ४ जित सहित तालिकाको शीर्ष स्थानमा उक्लिएको छ । ५ खेलमा १ मात्र जित हात पारेको आरसिबि आठौ स्थानमा छ ।

आईपिएलमा आईतबार दुई खेल हुँदै छन् । दिनको ३:४५ बजे हुने खेलमा मुम्बई इण्डियन्स र दिल्ली क्यापिटल्स भिड्ने छन् भने बेलुका ७:४५ बजे लखनऊ सुपर जाएन्ट्स र गुजरात टाईटन्स आमने-सामने हुने छन् ।