April 16, 2024, Tuesday
४ बैशाख २०८१, मंगलवार

१७ औँ संस्करणको आईपीएलमा आज पञ्जाब र बैङ्गलोर भिड्दै

काठमाडौं । १७ औँ संस्करणको इन्डियन प्रिमियर लिग (आईपीएल) क्रिकेट अन्तर्गत आज एक मात्रै खेल हुने भएको छ। आजको खेलमा रोयल च्यालेन्जर्स बैङ्गलोर र पञ्जाब किङ्ग्सबीच प्रतिस्पर्धा हुनेछ।

बैङ्गलोर र पञ्जाबबीचको खेल राति ७ः४५ बजे बैङ्गलोरस्थित एक चिन्नास्वामी स्टेडियममा हुनेछ। जारी सिजनमा बैङ्गलोर आफ्नो पहिलो खेलमा पराजित भएको थियो भने पञ्जाबले विजयी सुरुआत गरिसकेको छ। 

फाफ डु प्लेसिसको कप्तानीमा रहेको बैङ्गलोर आजको खेलमा भने जित निकाल्ने लक्ष्यसहित मैदान उत्रने छ भने शिखर धवनको कप्तानीमा रहेको पञ्जाबले आफ्नो विजयी यात्रालाई कायम राख्न चाहन्छ।

हिजो भएको खेलमा गुजरात टाईटन्सले मुम्बई इण्डियन्स माथि जित हात पारेको छ । गुजरातले ६ रनको रोमाञ्चक जित दर्ता गरेको थियो । गुजरातले दिएको १६९ रनको लक्ष्य पछ्याएको मुम्बईले निर्धारित २० ओभरमा ९ विकेट गुमाएर १६२ रन मात्र बनाउन सक्यो ।

यसअघि आज भएको पहिलो खेलमा राजस्थान रोयल्सले लखनऊ सुपर जाएन्ट्स माथि २० रनको जित निकाल्यो । जितको लागि १९४ रनको विजयी लक्ष्य पछ्याएको लखनऊले २० ओभरमा ६ विकेट गुमाउँदै १७३ रन मात्रै बनाउन सक्यो ।