टी–२० सिरिज : नेपालले आज आयरल्यान्ड ए सँग खेल्दै
काठमाडौं । नेपालले टी-२० अभ्यास खेलअन्तर्गत आज आयरल्यान्ड ए सँग पहिलो खेल खेल्दैछ । खेल दिउँसो १ बजे कीर्तिपुरस्थित टियु क्रिकेट मैदानमा हुनेछ ।
यि दुई टोली पहिलो पटक एक अर्कासँग भिड्न लागेका हुन् । सिरिजको दोस्रो तथा अन्तिम खेल भोलि हुनेछ । त्यसपछि नेपाल भारत भ्रमणमा जानेछ ।
नेपालको रोहित पौडेल र आयरल्यान्डको निल रकले कप्तानी गर्नेछन् । आयरल्यान्डको सिनियर टोलीबाट खेलेका ९ खेलाडी यस टोलीमा छन् ।
यस सिरिज खेल्ने नेपाली टिममा रोहित पौडेल (कप्तान), आसिफ सेख, कुशल भुर्तेल, कुशल मल्ल, विवेक यादव, सन्दीप जोरा, अनिल शाह, गुलशन झा, दिपेन्द्र सिंह ऐरी, ललित राजवंशी, करण केसी, सोमपाल कामी, प्रतिस जिसी, अविनाश बोहोरा र आकास चन्द रहेका छन् ।
त्यसपछि भारतमा यो टोलीले बरोडा र गुजरातसँग चार टी–२० खेल खेल्ने छ । नेपालले आईसीसी टी–२० विश्वकपको तयारीस्वरूप आयरल्यान्ड ‘ए’, बरोडा र गुजरातसँग सिरिज खेल्न लागेको हो।
हङकङमा त्रिकोणात्मक शृंखला खेलेको टोलीमा ५ परिवर्तन गर्दै नेपालले टोली घोषणा गरिसकेको छ । हङकङ पुगेको टोलीमा रहेका आरिफ शेख, सागर ढकाल, लोकेश बम, विनोद भण्डारी र राशिद खान टोलीबाट बाहिरिएका छन् । यस्तै अनिल शाह, कुशल मल्ल, ललित राजवंशी, दीपेन्द्र सिंह ऐरी र आशिफ शेख टोलीमा फर्किएका छन् ।
नेपालले आइरिस टोली विरुद्ध आउँदो चैत्र १२ र १४ गते खेल्दैछ । त्यसपछि टोली बरोडा र गुजरात सम्मिलित त्रिकोणात्मक ‘फ्रेन्डसीप कप’ खेल्न भारतको गुजरातस्थित वापी पुग्नेछ ।
चैत्र १८ गते नेपालले गुजरातको सामना गर्नेछ भने चैत्र २० मा नेपाल र बरोडा भिड्नेछन् । यस्तै चैत्र २१ मा पुनः गुजरात विरुद्ध र चैत्र २३ मा बारोडा विरुद्ध खेल्नेछ । फाइनल खेल चैत्र २५ मा हुनेछ ।
प्रतिकृया दिनुहोस्