सुदूरपश्चिम महोत्सव तयारी अघि बढाइयो, २२ गतेदेखि सुरु हुने

धनगढी । कैलाली उद्योग वाणिज्य संघले नियमित संचालन गर्ने सुदूरपश्चिम महोत्सवको तयारी शुरु भएको छ । उद्योग वाणिज्य संघ कैलालीले पत्रकार सम्मेलन मार्फत धनगढीमा संचालन हुने महोत्सवको तयारी शुरु भएको जानकारी दिएको हो ।
उद्योग वाणिज्य संघका अध्यक्ष पुष्पराज कुँवरले प्रत्येक वर्ष आयोजना हुँदै आएको महोत्सवको यो १७ औँ संस्करण भएको जानकारी दिएका हुन । उनले यहि २२ देखि पुष २ गतेसम्म धनगढीमा महोत्सव हुने भएकाले तयारी तिव्र पारिएको बताएका छन् ।
संघका अध्यक्ष कुँवरले- ‘महोत्सवको तयारीका लागि अध्यक्ष कुँवरको संयोजकत्वमा २९ वटा उपसमिति बनाइएको छ ।’ व्यवसायिक कृषि प्रर्दशनी, उद्योग व्यापारको प्रवद्र्धन तथा कला, संस्कृतिको संरक्षण एवंम् प्रवद्र्धनका लागि आयोजना हुने महोत्सवमा १० करोड बराबरको कारोबार हुने अनुमान गरिएको उनले बताए ।
उद्योग वाणिज्य संघले दुई करोडको लगानीमा आयोजना हुने महोत्सवमा कृषि, जडिबुटी, हस्तकला, फर्निचर, अटोमोबाइल्स, गारमेन्ट, इलेक्टोनिकल, होटल र सूचना प्रविधि गरेर चार सय स्टल रहने वाणिज्य संघका वरिष्ठ उपाध्यक्ष पुष्कर ओझाले बताए ।
वरिष्ठ उपाध्यक्ष ओझाले स्थानीय उत्पादन र उद्यमशिलतालाई प्राथमिकता दियइएको महोत्सव करीब पाँच लाख जनाले प्रत्यक्ष रुपमा अवलोकन गर्ने अनुमान गरिएको बताउँदै त्यसका लागि ३० वटा उपसमिति बनाइएको बताए ।
महोत्सव अवलोकनका लागि विद्यार्थीलाई ५० रुपैयाँ, सर्वसाधारणलाई एक सय रुपैयाँ र फरक क्षमता भएका व्यक्तिलाई निःशुल्क प्रवेशको व्यवस्था मिलाइएको उद्योग वाणिज्य संघले जनाएको छ ।
संघका अध्यक्ष कुँवरले महोत्सवको उद्घाटनका लागि प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई निमन्त्रणा गरिएको बताए । प्रधानमन्त्रीको अनुकुलता नमिल्ने अवस्था भएमा सोही अनुसार व्यवस्थापन गरिने समेत उद्योग वाणिज्य संघले जनाएको छ ।





प्रतिकृया दिनुहोस्