May 5, 2026, Tuesday
२०८३ बैशाख २२

आइसिसी महिला टी-२० : बहराइनलाई २.५ ओभरमै हरायो नेपालले

काठमाडौं । नेपालले आइसिसी महिला टी-२० विश्वकप एसिया छनोटमा शुक्रबार बहराइनविरूद्ध सानदार जित हात पारेको छ। बहराइनले दिएको ३२ रनको लक्ष्य नेपालले २.५ ओभरमै पूरा गरेको हो।

टी-२० विश्वकप एसिया क्षेत्र छनोटको आफ्नो दोश्रो खेलमा बहराइनविरूद्ध नेपाल १० विकेटको फराकिलो अन्तरले विजयी भएको छ । मलेसियामा बहराइनबाट पाएको ३२ रनको सामान्य विजयी लक्ष्य नेपालले २.५ ओभरमा बिना क्षति भेट्टाएको हो ।

महिला क्रिकेटको इतिहासमा नेपालले हात पारेको यो दोस्रो फराकिलो जित हो। नेपालका लागि कविता कुँवरले १७ र सीता राना मगरले २ रन प्रहार गरे। नेपालले १३ रन एक्स्ट्राबाट बटुलेको थियो।

यसअघि नेपालले बिहीबार घरेलु टिम मलेसियामाथि ५ रनको जित निकालेको थियो। नेपालले दिएको ८५ रनको लक्ष्य पछ्याएको मलेसियाले ९ विकेटको क्षतिमा ७९ रन मात्र जोड्न सक्यो।

मलेसियामा सुरु प्रतियोगिताको समूह ‘ए’ मा नेपालसहित ६ टिमले प्रतिस्पर्धा गर्दैछन्। नेपाल, बहराइन, भुटान, मलेसिया, कतार र युएई समूह ‘ए’ मा छन्।

समूह ‘बी’ मा ५ टिम छन्। प्रतियोगिताबाट दुई टिम विश्व छनोटमा पुग्नेछन्। विश्वकप छनोटमा १० टिम सहभागी हुँदा २ टिमले सन् २०२४ मा बंगलादेशमा हुने महिला टी(२० विश्वकपमा स्थान पक्का गर्नेछन्।