May 5, 2026, Tuesday
२०८३ बैशाख २२

फ्रान्सलाई पेनाल्टी शुटआउटमा हराउँदै अर्जेन्टिनाले जित्याे विश्वकपको उपाधि

काठमाडौं । अर्जेन्टिनाले विश्वकप फुटबलको उपाधि जितेको छ । कतारको लुसेल स्टेडियममा भएको रोमाञ्चक नाटकीय खेलमा ३६ वर्षपछि विश्वकपको उपाधि अर्जेन्टिनाले जितेको हो ।

लियोनल मेसीको प्रेरणादायी प्रदर्शनप्रेरित अर्जेन्टिनाले आइतबार राति सम्पन्न नाटकीय फाइनल खेलमा साविक विजेता फ्रान्सलाई पेनाल्टी सुटआउटमा ४–२ ले पराजित गर्दै तेस्रोपटक विश्वकपको उपाधि जित्न सफल भएको छ ।

यसअघि सन् १९७८ र १९८६ को विश्वकप जितेको अर्जेन्टिनाको यो तेश्रो उपाधि हो र उसले ३६ वर्षपछि विश्वकप उपाधि उचालेको हो ।

आइतबार राति कतारको लुसैल रंगशालामा सम्पन्न फाइनलको निर्धारित ९० मिनेटको समय २–२ को बराबरीमा सकिएपछि खेल थप समयमा धकेलिएको थियो । थप समयमा दुवै टिमले १–१ गोल गरेपछि खेल पेनाल्टी समयमा धकेलिएको थियो ।

काठमाडौं । लियोनल मेसीको प्रेरणादायी प्रदर्शनप्रेरित अर्जेन्टिनाले आइतबार राति सम्पन्न नाटकीय फाइनल खेलमा साविक विजेता फ्रान्सलाई पेनाल्टी सुटआउटमा ४–२ ले पराजित गर्दै तेस्रोपटक विश्वकपको उपाधि जित्न सफल भएको छ ।

अर्जेन्टिनाले ३६ वर्षपछि विश्वकपको उपाधि जितेको हो । पछिल्लोपटक अर्जेन्टिनाले सन् १९८६ मा विश्वकपको उपाधि जितेको थियो ।

अर्जेन्टिनाले मेक्सिकोमा सम्पन्न १९८६ को विश्वकपमा पहिलोपटक उपाधि जितेको थियो ।

आइतबार राति कतारको लुसैल रंगशालामा सम्पन्न फाइनलको निर्धारित ९० मिनेटको समय २–२ को बराबरीमा सकिएपछि खेल थप समयमा धकेलिएको थियो । थप समयमा दुवै टिमले १–१ गोल गरेपछि खेल पेनाल्टी समयमा धकेलिएको थियो ।

फ्रान्सका काइलियन एमबाप्पेले ह्याट्रिक गरेपनि अर्जेन्टिनाको जितलाई रोक्न सकेनन् । एमबाप्पे सन् १९६६ पछि विश्वकपको फाइनल ह्याट्रिक गर्ने पहिलो खेलाडी बने । १९६६ को विश्वकपमा इङ्ल्यान्डका जिओफ हर्स्टले फाइनलमा पश्चिम जर्मनीविरुद्ध ह्याट्रिक गरेका थिए ।

पेनाल्टी सुटआउटमा अर्जेन्टिनाका लियोनल मेसी, पाउलो डिबाला, लिजाड्रो पाराडेज र गोन्जालो मोन्सियलले गोल गरे । फ्रान्सका एमबाप्पे र कोलो मुआनीले गोल गरेपनि किङ्स्ले कोमनको बल अर्जेन्टिनाका गोलकिपर इमिलियानो मार्टिनजले बचाइदिएका थिए । यस्तै, फ्रान्सका अरेलियन चाउमेनीको प्रहार बाहिरियो ।

कप्तान मेसीले २३ औँ मिनेटमा गरेको पेनाल्टी गोलबाट अर्जेन्टिनाले अग्रता लिएको थिए । ३६ औँ मिनेटमा एन्जल डी मारियाले अर्जेन्टिनाको अग्रता दोब्बर बनाएका थिए । तर, अर्जेन्टिना अन्तिम १० मिनेट सम्हालिन नसक्दा फ्रान्स खेलमा फर्कियो । फ्रान्सले दुई मिनेटमा दुई गोल फर्कायो ।

८० औँ मिनेटमा एमबाप्पेले पेनाल्टीमा गोल गर्दै अन्तर कम गरे । लगत्तै एमबाप्पेले बराबरी गोल फर्काएपछि खेल थप समयमा लम्बिएको थियो । थप ३० समयमा मेसीको गोलबाट अर्जेन्टिनाले पुनः अग्रता लियो । तर, अन्तिम समयमा एमबाप्पेले अर्को गोल थपेपछि खेल पेनाल्टी सुटआउटमा गएको हो ।

जारी विश्वकपमा १७२ गोल भए । जुन विश्वकपको इतिहासमा सबैभन्दा धेरै हो । यसअघि १९९८ र २०१४ मा १७१ गोल भएका थिए । अर्जेन्टिना पेनाल्टी सुटआउटमा फाइनल जितेर उपाधि जित्ने तेस्रो राष्ट्र बन्यो । यसअघि ब्राजिलले १९९४ र इटालीले २००६ मा पेनाल्टी सुटआउटमा जितेको थियो ।

अर्जेन्टिनाका ‍मेसी दुईपटक गोल्डेन बल अवार्ड जित्ने पहिलो खेलाडी बने । उनले यसअघि २०१४ पनि गोल्डेन बल अवार्ड जितेका थिए । अर्जेन्टिनाका इन्जो फर्नान्डेज उत्कृष्ट युवा खेलाडी घोषित हुँदा गोलकिपर इमिलियानो मार्टिनेज उत्कृष्ट गोलकिपर घोषित भए । फ्रान्सका काइलियन एमबाप्पेले गोल्डेन बुटको अवार्ड जिते ।

मेसी विश्वकपको एकै संस्करणमा समूह चरण, अन्तिम–१६, क्वार्टरफाइनल, सेमिफाइनल र फाइनलमा गोल गर्ने पहिलो खेलाडी बन्न सफल भए । मेसी विश्वकपमा सबैभन्दा धेरै खेल खेल्ने खेलाडी पनि बने ।