June 19, 2026, Friday
२०८३ असार ५

रुसी कब्जामा रहेको ६ हजार वर्ग किलोमिटर भूभाग फिर्ता लिएको जेलेन्स्कीको दावी

किभ : युक्रेनी राष्ट्रपति भ्लोदिमिर जेलेन्स्कीले युक्रेनी सेनाले रुसी सेनाको कब्जाबाट थप केही क्षेत्र फिर्ता लिएको दाबी गरेका छन् ।  जेलेन्स्कीले युक्रेनी सेनाले सेप्टेम्बरबाट हालसम्म पूर्व र दक्षिणमा रुसी कब्जामा रहेको ६,००० वर्ग किलोमिटरभन्दा बढी भूभाग फिर्ता लिएको बताए।
 
रुसले पनि उत्तरपूर्वी खार्किभ क्षेत्रका महत्वपूर्ण सहरहरू आफ्नो कब्जाबाट बाहिरिएको स्वीकारेको छ। धेरै सैन्य विज्ञहरूले यसलाई युद्धको एक मोडको रुपमा लिएका छन्।

रुसले युक्रेनको पूर्वमा रहेको लुहान्स्क र डोनेस्कमा केन्द्रित भएर आफ्ना सेनाहरूलाई ‘पुनः एकीकरण’ गर्ने बताएको छ।  रुस युक्रेनसँग पराजित हुँदै गएको खबरले पुटिनको रुसभित्र नै आलोचना भइरहेको छ ।

सोमबार जारी गरिएको एक भिडियोमा राष्ट्रपति जेलेन्स्कीले भने, ‘सेप्टेम्बरको सुरुदेखि हालसम्म हाम्रा योद्धाहरूले पूर्व र दक्षिणमा क्षेत्रमा रुसी कब्जामा रहेको ६,००० वर्ग किलोमिटरभन्दा बढी भूभाग फिर्ता गरिसकेका छन्।’ बीबीसी