June 16, 2026, Tuesday
२०८३ असार २

काँग्रेस कैलालीको सचिवमा युवा नेता मिश्रको उम्मेदवारी घोषणा

धनगढी : नेपाली काँग्रेस कैलालीका युवा नेता केशव मिश्रले सचिव पदमा उम्मेदवारी घोषणा गरेका छन् । मिश्रले बुधबार धनगढीमा पत्रकार सम्मेलनको आयोजना गर्दै आसन्न जिल्ला अधिवेशनमा सचिव पदमा उम्मेदवारी दिने घोषणा गरेका हुन् ।

काँग्रेस पार्टीलाई सशक्त बनाउन उम्मेदवारी दिएको बताउँदै मिश्रले भने, ‘पार्टीको इमानदार सिपाही भएर नागरिकका जनजिविकासँग जोडिएका हरेक मुद्दा उठान गर्दै आएको कुरा जगजाहेर नै छ । पार्टीलाई हरेक संघ संगठनमा मजबुत बनाउन सचिव पदमा उम्मेदवारी दिदैछु ।’

युवा नेता मिश्रले काँग्रेसले सकभर सहमतिका आधारमा जिल्लाको नेतृत्व चयन गर्ने नभएमा प्यानल बनाएर पार्टी सभापति शेरबहादुर देउवाको समूहबाट उम्मेदवारी दिने उद्घोष गरे । मिश्र २०५४ सालमा नेविसंघबाट काँग्रेसको राजनीतिमा प्रवेश गरेका थिए । काँग्रेस कैलालीको जिल्ला अधिवेशन पुष २७गतेका लागि तय गरिएको थियो तर कैलाली सहितका १६ जिल्लाको अधिवेशन पुनः माघ १५ गतेका लागि सरेको छ ।