April 18, 2026, Saturday
२०८३ बैशाख ५

कांग्रेस सुदूरपश्चिम अधिवेशनमा पौडेल पक्षबाट मिश्र सभापतिका उम्मेदवार

धनगढी, मङ्सिर १७ (ई-रैवार)

नेपाली काँग्रेसको प्रथम सुदूर पश्चिम प्रदेश सभापतिमा रामचन्द्र पौडेल समूहबाट नारायण दत्त मिश्र उम्मेदवार बन्ने तय भएको छ ।पौडेल समूहले सभापतिमा मिश्रलाई उम्मेदवार बनाउने निधो गरेको हो । एक नेताले भने, नतिजा जस्तो सुकै आएपनि हाम्रो समूहबाट मिश्र सभापतिका उम्मेदवार हुने तय भएको छ ।बुधबार साँझ डिभोली होटलमा सो समुहको भेला बसेको थियो ।

नेपाली काँग्रेसका बरिष्ठ नेता पौडेल र डा शेखर कोईरालाले नै मिश्रलाई सभापतिमा उम्मेदवारी दिन आग्रह गरेको बताईएको छ । बरिष्ठ नेता पौडेलको अत्यन्त निकट रहेका मिश्र नेपाली काँग्रेस कैलालीका पुराना नेता हुन् । जिल्ला विकास समिति कैलालीका सभापति रहीसकेका मिश्र पौडेल–कोईराला समूहका साझा उम्मेदवारका रुपमा प्रदेश सभापतिका रुपमा प्रतिस्पर्धा गर्नेछन् ।

धनगढीमा हिजो बसेको पौडेल समूहको बैठकले भने गोपाल गुरुङलाई सभापतिमा उठाउने निर्णय गरेको थियो । केन्द्रको निर्णयपछि भने मिश्रले सभापति पदमा उम्मेदवारी दिने भएका हुन् । यद्दपि देउवा–पौडेल पक्षधर बीचमा सहमतीका लागि पनि प्रयास जारी छ । पौडेल समूहबाट महामन्त्री पदमा आकांक्षी धेरै भएका कारण सहमती जुट्न सकेको छैन ।