भेरी अस्पतालमा दुई दिनमा तीन सङ्क्रमितको मृत्यु
- Eraibar
- २०७८ कार्तिक २८, आईतवार १६:१०
- 12 Shares

बाँके, कात्तिक २८ (ई-रैवार)
भेरी अस्पतालमा तीन कोरोना सङ्क्रमितको उपचारका क्रममा मृत्यु भएको छ । नेपालगञ्जस्थित भेरी अस्पतालमा दुई दिनको अन्तरालमा तीन कोरोना सङ्क्रमितको उपचारका क्रममा मृत्यु भएको हो ।
जिल्ला कोभिड सङ्कट व्यवस्पान केन्द्र बाँकेका स्रोत व्यक्ति तेज वलीका अनुसार दुई दिनदेखि अस्पतालमा उपचाररत बर्दिया बढैयाताल गाउँपालिका–४ निवासी ४५ वर्षीया महिलाको गए राति मृत्यु भएको हो ।
यही कात्तिक २५ गते पिसीआर गर्दा सङ्क्रमण पुष्टि भएपछि उनीलाई अस्पतालमा भर्ना गरी उपचार सुरु गरिएको थियो । यसैगरी कैलाली लम्कीचुहा नगरपालिका–५ निवासी ७७ वर्षीय पुरुष र दाङ निवासी ४५ वर्षीया महिलाको शनिबार नै कोरोनाबाट निधन भएको थियो ।
यससँगै बाहिरी जिल्लाबाट बाँकेमा उपचार गराउन आउँदा ४३१ जनाको कोरोना सङ्क्रमणबाट मृत्यु भएको छ ।
- एमालेले स्थानीय र प्रदेशसभा निर्वाचनसम्म मिसन जागरण चलाउने, तोकियो जिम्मेवारी
- महाकाली पुलको गाइडबण्ड पुनर्निर्माणमा खटियो सेना
- यस्तो छ कांग्रेस इतर समूहलाई पठाइएको ७ बुँदे सहमति प्रस्ताव
- महिलाले खुद्रा सामान बेच्न प्रयोग गर्ने टेम्पो वन कर्मचारीले भिरबाट खसालिदिए
- कांग्रेसले १५औँ महाधिवेशनलाई पूर्णतः प्रविधिमैत्री बनाउने
-
यस्तो छ कांग्रेस इतर समूहलाई पठाइएको ७ बुँदे सहमति प्रस्ताव
२०८३ जेष्ठ ३१, आईतवार ११:०९ -
एमालेले स्थानीय र प्रदेशसभा निर्वाचनसम्म मिसन जागरण चलाउने, तोकियो जिम्मेवारी
२०८३ जेष्ठ ३१, आईतवार ११:२९ -
सुदूरपश्चिम प्रदेशमा मन्त्रिपरिषद् पुनर्गठन, काँग्रेसका ३ मन्त्री र २ राज्यमन्त्रीले लिए शपथ
२०८३ जेष्ठ २६, मंगलवार १०:०० -
मानवअधिकार मामिला किन भइरहेको छ धमाधम अन्तर्राष्ट्रियकरण ?
२०८३ जेष्ठ २६, मंगलवार १०:०८ -
महिलाले खुद्रा सामान बेच्न प्रयोग गर्ने टेम्पो वन कर्मचारीले भिरबाट खसालिदिए
२०८३ जेष्ठ ३१, आईतवार ११:०२





प्रतिकृया दिनुहोस्