कैलालीको बर्दगोरियाबाट झण्डै २ लाखसहित १८ जना जुवाडे पक्राउ

कैलाली, कात्तिक १५ (ई-रैवार)
कैलालीको बर्दगोरियाबाट झण्डै २ लाखसहित १८ जना जुवाडे पक्राउ परेका छन । बर्दगोरिया-६ पृथ्वीपुरस्थित बलराम चौधरीको घरमा आइतबार राति जुवातास खेलिरहेको अवस्थामा उनी हरुलाई पक्राउ गरिएको हो ।
ईलाका प्रहरी कार्यालय सडकपुर कैलालीको प्रहरी टोलीले गोप्य सुचनाको आधारमा नगद १ लाख ८० हजार ७५० रुपैंया र ११ गड्डी तासहित १८ जनालाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय कैलालीका प्रमुख तथा प्रहरी उपरीक्षक विश्व अधिकारीले जानकारी दिएका छन ।
प्रहरी उपरीक्षक अधिकारीका अनुसार पक्राउ पर्नेमा बर्दगोरिया गाउँपालिका ५ बस्ने वर्ष ३६ का शुनिल चौधरी, वडा नम्बर ३ बस्ने ३८ बर्षका टेक बहादुर रोकाया, वडा नम्बर ४ बस्ने ३८ बर्षका चन्द्र सापकोटा, वडा नम्बर २ का हेम बहादुर बम, रविन्द्र थापा, बरुण शमसेर राणा, वडा नम्बर ३ का आनन्द गौतम र दिपक कुमार बुढा रहेका छन ।
यस्तै सोही ठाउँको वडा नम्बर ४ बस्ने कमल बुचा मगर, ईन्द्र भण्डारी, खुमेन्द्र बहादुर सापकोटा, अरुण शमसेर राणा, लक्ष्मण कुवर, विरेन्द्र भण्डारी, मेघराज सापकोटा, शिवराज सापकोटा र लम्कीचुहा नगरपालिका वडा नम्बर १० का ३२ बर्षीय तपेन्द्र भण्डारीलाई पक्राउ गरिएको एसपी अधिकारीले बताए ।
उनीहरु सबै जनामाथि थप अनुसन्धान कार्य भईरहेको जिल्ला प्रहरी कार्यालय कैलालीले जनाएको छ ।





प्रतिकृया दिनुहोस्