मोटरसाईकल दुर्घटनामा एकको मृत्यु
- Eraibar
- २०७८ कार्तिक १४, आईतवार ०९:१२
- 9 Shares

धनगढी कात्तिक १४(ई-रैवार)
धनगढीमा मोटरसाइकल दुर्घटना हुँदा एकजनाको मृत्यु भएको छ। उपमहानगरपालिकाको वडा नम्बर ३ का १८ वर्षीय पुष्प गिरीको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय कैलालीले जनाएको छ।
गिरी आफैले चलाएको म२प ७६३० नम्बरको मोटरसाइकल अनियन्त्रित भई दुर्घटना भएको प्रहरीले बताएको छ। दुर्घटनामा गम्भीर घाइते भएका उनको धनगढीस्थित निसर्ग अस्पतालमा हिजो राति मृत्यु भएको कार्यालयका प्रवक्ता प्रहरी नायब उपरीक्षक प्रतीक विष्टले बताए।
उनका अनुसार मोटरसाइकलमा सवार सोही ठाउँका १८ वर्षीय पशुपती बोहरा र १६ वर्षीय समीप सिंहको माया मेट्रो अस्पतालमा उपचार भइरहेको छ। तीन जना सवार उक्त मोटरसाइकल अनियन्त्रित भई ३ नम्बर वडा कार्यालय नजिकै दुर्घटना भएको बताइएको छ।
- एमालेले स्थानीय र प्रदेशसभा निर्वाचनसम्म मिसन जागरण चलाउने, तोकियो जिम्मेवारी
- महाकाली पुलको गाइडबण्ड पुनर्निर्माणमा खटियो सेना
- यस्तो छ कांग्रेस इतर समूहलाई पठाइएको ७ बुँदे सहमति प्रस्ताव
- महिलाले खुद्रा सामान बेच्न प्रयोग गर्ने टेम्पो वन कर्मचारीले भिरबाट खसालिदिए
- कांग्रेसले १५औँ महाधिवेशनलाई पूर्णतः प्रविधिमैत्री बनाउने
-
यस्तो छ कांग्रेस इतर समूहलाई पठाइएको ७ बुँदे सहमति प्रस्ताव
२०८३ जेष्ठ ३१, आईतवार ११:०९ -
एमालेले स्थानीय र प्रदेशसभा निर्वाचनसम्म मिसन जागरण चलाउने, तोकियो जिम्मेवारी
२०८३ जेष्ठ ३१, आईतवार ११:२९ -
सुदूरपश्चिम प्रदेशमा मन्त्रिपरिषद् पुनर्गठन, काँग्रेसका ३ मन्त्री र २ राज्यमन्त्रीले लिए शपथ
२०८३ जेष्ठ २६, मंगलवार १०:०० -
मानवअधिकार मामिला किन भइरहेको छ धमाधम अन्तर्राष्ट्रियकरण ?
२०८३ जेष्ठ २६, मंगलवार १०:०८ -
महिलाले खुद्रा सामान बेच्न प्रयोग गर्ने टेम्पो वन कर्मचारीले भिरबाट खसालिदिए
२०८३ जेष्ठ ३१, आईतवार ११:०२





प्रतिकृया दिनुहोस्