सुदूरपश्चिम प्रदेश सरकारको कामबाट प्रधानमन्त्री देउवा असन्तुष्ट

अरूण बम
धनगढी कार्तिक ४ः सुदूरपश्चिम प्रदेश सरकारको कामबाट प्रधानमन्त्री एबं नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले असन्तुष्टी जनाएका जनाएका छन् ।
सुदूरपश्चिम प्रदेशमा बाढी–पहिरोले पु¥याएको क्षतीबारे स्थलगत निरीक्षणमा आएका प्रधानमन्त्री देउवाले विहिवार साँझ धनगढीमा नेपाली कांग्रेसका प्रदेश सभाका सांसदहरुसंगको भेटघाट क्रममा असन्तुष्टी जनाएका हुन् ।
‘हामीले प्रधानमन्त्रीज्युसंग सुदूरपश्चिम प्रदेश सरकारका काम–कारबाही र वर्तमान विपद्को प्रतिकार्यका विषयमा अवगत गरायौँ,’ नेपाली कांग्रेस सुदूरपश्चिम प्रदेश सभा संसदीय दलका नेता डा. रणबहादुर रावलले भने,‘उहाँले प्रदेश सरकारको गतिबिधी र अहिलेको प्रतिकार्य लगायतका विषमा आफु पनि सन्तुष्ट नभएको बताउनुभयो ।’
उपस्थित प्रदेश सभाका सांसदहरुले वर्तमान प्रदेश सरकारले राम्रा काम गर्न नसकेको, केन्द्रीय गठबन्धनको मर्मअनुसार कामकारबाही गर्न नसकेको, भ्रष्टाचार र योजना किनबेचमा लिप्त भएको लगायतका कारण सरकार फेरिनुपर्ने कुरा प्रधानमन्त्री देउवासमक्ष राखेका थिए । साथै सकारको नेतृत्व समेत कांग्रेसले नै पाउनुपर्ने उनीहरुले माग गरेका थिए ।
प्रतिउत्तरमा प्रधानमन्त्री देउवाले वर्तमान प्रदेश सरकारको विकल्पमा जानका लागि गठबन्धनका दलहरुबीचमा आवश्यक छलफल गरेर टुङ्गोमा पुग्ने बताएको सांसदहरुले जनाए ।
भेटमा प्रदेश संसद भरतबहादुर खड्का, देवराज पाठकले र नन्दा बमले आफ्नो धारणा प्रस्तुत गरेका थिए । उनीहरुले अन्य दलबाट सुदूरपश्चिम प्रदेशको नेतत्व सफल नभएको बताउदै काँग्रेसले पाउनुपर्ने माग गरेका थिए ।





प्रतिकृया दिनुहोस्