डोटी र कैलालीको सिमनामा पर्ने ठूलीगाडको बाढीमा दुईजना फसे
- Eraibar
- २०७८ कार्तिक २, मंगलवार १६:५७
- 11 Shares

धनगढी, कार्तिक २ (ई-रैवार)
डोटी र कैलालीको सिमनामा पर्ने ठूलीगाडमा आएको बाढीमा दुईजना फसेका छन् । डोटी र कैलालीको सिमना भएर बग्ने ठूलीगाडमा आएको बाढीले मोहन्याल गाउँपालिका–४ को खिमडीमा श्रीमान्-श्रीमती फसेको प्रहरीले जनाएको हो ।
जिल्ला प्रहरी कार्यालय कैलालीका प्रवक्ता प्रहरी नायब उपरीक्षक प्रतीक बिष्टले स्थानीय लोकबहादुर बुढामगर र उनकी श्रीमती विरमादेवी नदीको बीच भागमा फसेको जानकारी दिएका हुन ।
उनीहरुको उद्दारका लागि हेलीकप्टर धनगढी पुगेको भएपनि प्रतिकुल मौसमका कारण समस्या भएको प्रहरी नायब उपरीक्षक बिष्टले बताए ।
यस्तै टीकापुरमा कर्णाली नदी गाउँ पसेको छ । टीकापुर नगरपालिका–५ को साइपुरमा नदी टतीय क्षेत्रमा पसेको बताउँदै प्रभावितहरुलाई सुरक्षित स्थानमा सार्ने काम भइरहेको प्रहरीले जनाएको छ ।
-
तेलको मूल्य बढ्ने सूचना पम्पलाई चुहाएर आयल निगमलाई करोडौं नोक्सानी
२०८३ बैशाख ११, शुक्रबार ००:२७ -
आज लोकतन्त्र दिवस : २० वर्षअघि ‘जनता जितेको’ दिन
२०८३ बैशाख ११, शुक्रबार ०७:३१ -
सुदूरपश्चिममा १८ हजार मेगावाट जलविद्युत सम्भावना, तर एक प्रतिशत पनि छैन उत्पादन
२०८३ बैशाख ११, शुक्रबार ००:५१ -
सुदूरपश्चिम र लुम्बिनीका तराई क्षेत्रमा लुको लहर चल्ने पूर्वानमान
२०८३ बैशाख ११, शुक्रबार ०७:४८ -
नयाँ वर्षमा विपद् : १० दिनमै १९ जनाको ज्यान गयो
२०८३ बैशाख ११, शुक्रबार ००:३६





प्रतिकृया दिनुहोस्