June 16, 2026, Tuesday
२०८३ असार २

सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री भट्टले बोलाए मन्त्रिपरिषद्को आकस्मिक बैठक

धनगढी, कार्तिक २ (ई-रैवार) 

सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री त्रिलोचन भट्टले मन्त्रिपरिषद्को आकस्मिक बैठक बोलाएका छन् । आइतबारदेखि परेको अविरल वर्षाका कारण प्रदेशका विभिन्न स्थानमा जनधनको क्षति भएपछि मुख्यमन्त्री भट्टले आकस्मिक मन्त्रिपरिषद्को बैठक बोलाएका हुन्।

अविरल वर्षाका कारण सुदूरपश्चिम प्रदेशमा विभिन्न ठाउँमा क्षति पुगेकाकाले आकस्मिक बैठक बस्न लागेको प्रदेश सरकारकी प्रवक्ता समेत रहेकी आन्तरिक मामिला तथा कानून मन्त्री पूर्णा जोशीले बताएकी हुन।

मन्त्रिपरिषद्को बैठकमा वर्षाले पुगाएको क्षति, राहत र उद्धारको विषयमा छलफल हुने प्रवक्ता जोशीले बताइन्।

सुदूरपश्चिम प्रदेशमा आइतरबार साँझदेखि परेको वर्षापछि आएको बाढी र पहिरोले विभिन्न स्थानमा क्षति गरेको छ । हालसम्म डोटी र डडेल्धुरामा पहिरोका कारण तीन जनाको मृत्युु बेपत्ता भएका छन् भने दुई जना घाइते छन् ।

कैलालीमा बाढीले बगाउँदा एक जना बेपत्ता भएका छन् । कैलाली र कञ्चनपुरका विभिन्न स्थानमा गरेर झण्डै तीन सय घर डुबानमा परेका छन् ।