सुदूरपश्चिम प्रदेशमा कोरोना संक्रमित शून्य !
- Eraibar
- २०७८ कार्तिक १, सोमबार ०७:४९
- 67 Shares

धनगढी, कार्तिक १ (ई-रैवार)
सुदूरपश्चिम प्रदेशमा आइतबार कोरोना संक्रमण शून्य देखिएको छ। २४ घण्टामा प्रदेशभर एन्टीजेन विधिबाट ५५७ जनाको नमूना परीक्षण गर्दा एकजनामा पनि कोरोना संक्रमण देखिएन।
यस्तै गएको २४ घण्टामा प्रदेशभर २५ जना कोरोना संक्रमणमुक्त भएको स्वास्थ्य निर्देशनालयले जनाएको छ। उक्त अवधिमा यस प्रदेशमा कोरोना संक्रमणका कारण एक जनाको पनि मृत्यु भएको छैन।
सुदूरपश्चिममा हालसम्म तीन लाख ७३ हजार ४२ जनाको परीक्षण गरिएकामा ४७ हजार ४७८ जनामा कोरोना संक्रमण पुष्टि भइसकेको छ। कोरोना संक्रमणकै कारण प्रदेशभर ५९८ जनाले ज्यान गुमाएका छन्। रासस
- एमालेले स्थानीय र प्रदेशसभा निर्वाचनसम्म मिसन जागरण चलाउने, तोकियो जिम्मेवारी
- महाकाली पुलको गाइडबण्ड पुनर्निर्माणमा खटियो सेना
- यस्तो छ कांग्रेस इतर समूहलाई पठाइएको ७ बुँदे सहमति प्रस्ताव
- महिलाले खुद्रा सामान बेच्न प्रयोग गर्ने टेम्पो वन कर्मचारीले भिरबाट खसालिदिए
- कांग्रेसले १५औँ महाधिवेशनलाई पूर्णतः प्रविधिमैत्री बनाउने
-
यस्तो छ कांग्रेस इतर समूहलाई पठाइएको ७ बुँदे सहमति प्रस्ताव
२०८३ जेष्ठ ३१, आईतवार ११:०९ -
एमालेले स्थानीय र प्रदेशसभा निर्वाचनसम्म मिसन जागरण चलाउने, तोकियो जिम्मेवारी
२०८३ जेष्ठ ३१, आईतवार ११:२९ -
सुदूरपश्चिम प्रदेशमा मन्त्रिपरिषद् पुनर्गठन, काँग्रेसका ३ मन्त्री र २ राज्यमन्त्रीले लिए शपथ
२०८३ जेष्ठ २६, मंगलवार १०:०० -
मानवअधिकार मामिला किन भइरहेको छ धमाधम अन्तर्राष्ट्रियकरण ?
२०८३ जेष्ठ २६, मंगलवार १०:०८ -
महिलाले खुद्रा सामान बेच्न प्रयोग गर्ने टेम्पो वन कर्मचारीले भिरबाट खसालिदिए
२०८३ जेष्ठ ३१, आईतवार ११:०२





प्रतिकृया दिनुहोस्