May 5, 2026, Tuesday
२०८३ बैशाख २२

विश्वभर पछिल्लो २४ घण्टामा ४,६९,९४२ जनामा कोरोना संक्रमण पुष्टि, मृत्यु हुनेको संख्या ४३ लाख नाघ्यो

काठमाडौँ, साउन २५ (ई-रैवार)

विश्वभर पछिल्लो २४ घण्टामा ४ लाख ६९ हजार ९४२ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । योसँगै विश्वभर संक्रमितको २० करोड ३४ लाख ४ हजार ४३४ पुगेको छ ।

त्येस्तै विश्वभर कोरोना भाइरसको संक्रमणबाट मृत्यु हुनेको संख्या ४३ लाख नाघेको छ । पछिल्लो २४ घण्टामा ७ हजार ९०८ जनाको मृत्यु भएसँगै सोमबार बिहानसम्म ज्यान गुमाउने संक्रमितको संख्या ४३ लाख ६ हजार ९०८ पुगेको छ ।

यही अविधमा संक्रमणमुक्त हुनेको संख्या ३ लाख ९५ हजार ९९६ छ । पछिल्लो विवरणसँगै विश्वभर संक्रमण जित्नेको संख्या १८ करोड २७ लाख ३ हजारभन्दा बढी छ ।

होम तथा संस्थागत आइसोलसनमा रहने सक्रिय संक्रिमतको संख्या १ करोड ६३ लाख ९४ हजार ४०७ छ । यसमध्ये ९८ हजार ८९७ जनाको अवस्था गम्भीर रहेको वर्ल्डोमिटर्सले जनाएको छ ।

खोपको विकासपछि विश्वभर जारी खोप अभियानले महामारी नियन्त्रण र मृत्युदरमा केही कमी ल्याए पनि समान वितरण हुन नसक्दा अझै महामारी नियन्त्रणमा आउन सकेको छैन ।