सेती प्रादेशिक अस्पतालमा २ जना कोरोना संक्रमितको मृत्यु

धनगढी, साउन २२ (ई-रैवार)
सेती प्रादेशिक अस्पतालमा उपचाररत २ जना कोरोना संक्रमितको मृत्यु भएको छ। डोटीको शिखर नगरपालिका–३ की ६५ वर्षीया महिला र दिपायल सिलगढी नगरपालिका–१का ३३ बर्षीय पुरुषको मृत्यु भएको हो ।
सेती प्रादेशिक अस्पतालका सूचना अधिकारी दिलीप कुमार श्रेष्ठले मृतक महिला साउन १७ गतेदेखि अस्पतालको आइसीयुमा उपचाररत थिईन्। पुरुष साउन २१ गतेदेखि अस्पतालको भेन्टिलेटरमा उपचाररत रहेको जानकारी दिएका छन् ।
सूचना अधिकारी श्रेष्ठका अनुसार पछिल्लो २४ घण्टामा ६ कोरोनाका बिरामी उपचारका लागि अस्पतालमा भर्ना भएका छन। भर्ना भएका बिरामी संगै सेतीमा उपचाररत कोरोना संक्रमित बिरामीको संख्या २९ पुगेको छ। जसमध्ये ७ जनाको आइसीयु र २ जनाको भेन्टिलेटरमा उपचार भईरहेको छ।
पछिल्लो समय अस्पतालमा कोरोनाका बिरामीको संख्या पनि बढ्दै गएको छ। सेती प्रादेशिक आज अस्पतालमा थप २४ जनामा कोरोना पुष्टि भएको छ। १ सय २१ नमूना परिक्षण गर्दा २४ जनामा संक्रमण पुष्टि भएको हो।





प्रतिकृया दिनुहोस्