June 16, 2026, Tuesday
२०८३ असार २

सेती प्रादेशिक अस्पतालमा बुधबार २१ जनामा कोरोना संक्रमण पुष्टि

धनगढी, असार २३ (ई–रैवार)

सेती प्रादेशिक अस्पतालमा बुधबार थप २१ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । सेती प्रादेशिक अस्पतालको प्रयोगशालामा पछिल्लो २४ घण्टामा ९५ नमूना परीक्षण गर्दा २१ जनामा संक्रमण पुष्टि भएको हो ।

सेती प्रादेशिक अस्पतालका सूचना अधिकारी दिलिपकुमार श्रेष्ठका अनुसार धनगढी उपमहानगर पालिकाका २ कैलालीका १८ र अन्य जिल्लाका १ गरी २१ जनामा कोरोना संक्रमण देखिएको छ । हाल सेती प्रादेशिक अस्पतालमा १२ जना संक्रमित उपचाररत छन्।

पछिल्लो २४ घण्टामा सेती अस्पतालमा १ जना निको भई घर फर्किएका छन् भने ३ जना अस्पतालमा भर्ना भएका छन् । यस्तै पछिल्लो २४ घण्टामा सेती प्रादेशिक अस्पतामा कसैको पनि मृत्यु नभएको अस्पतालले जनाएको छ ।