April 25, 2026, Saturday
२०८३ बैशाख १२

सुदूरपश्चिम प्रदेशमा कोरोना संक्रमितको संख्यामा पुनः वृद्धि

सुदूरपश्चिम, असार २३ (ई–रैवार)

सुदूरपश्चिम प्रदेशमा आइत, सोम र मंगलबार कोरोना संक्रमितको संख्यामा वृद्धि भएको छ। स्वास्थ्य निर्देशनालय दिपायलको तथ्याङ्क अनुसार कोरोना संक्रमितको संख्यामा वृद्धि भएको हो ।

पछिल्लो समय निरन्तर घट्दै गइरहेकामा पछिल्ला तीन दिनमा संक्रमित बढेको जनाइएको छ। स्वास्थ्य निर्देशनालय दिपायलको तथ्याङ्क अनुसार सोमबार एक हजार ५५ जनाको स्वाबको नमूना परीक्षण गर्दा ४३ जनामा कोरोना संक्रमण पुष्टि भएको थियो। मङ्गलबार ८४७ जनाको नमुना परीक्षण गर्दा ६१ जनामा कोरोना संक्रमण देखिएको छ।

पछिल्लो २४ घण्टामा प्रदेशमा सबैभन्दा बढी कैलाली जिल्लामा ४२ जनामा कोरोना संक्रमण देखिएको निर्देशनालयले जनाएको छ। तीन दिनमा मृत्युदर भने शून्य छ। यो अवधिमा ४७ जना उपचारपछि घर फर्किएका छन्। प्रदेशमा पहिलो पटक गत जेठ २५ गते पनि मृत्युदर शून्य थियो। प्रदेशमा अहिलेसम्म ४३ हजार ९९३ कोरोना संक्रमित पुगेका छन् । दुई लाख ६८ हजार ९९५ जनाको नमुना परीक्षण गरिसकिएको छ।

गत जेठ ७ गते एकै दिनमा प्रदेशमा सबैभन्दा बढी ९ सय ८४ नयाँ कोरोना संक्रमित थपिएका थिए। प्रदेशमा सबैभन्दा बढी एकै दिन ३१ कोरोना संक्रमितको मृत्यु भएको थियो। रासस