सुदूरपश्चिम प्रदेशमा आज ५६ जनामा कोरोना संक्रमण पुष्टि

धनगढी, असार १८ (ई–रैवार)
सुदूरपश्चिम प्रदेशमा आज थप ५६ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । पछिल्लो २४ घण्टामा ८ सय ८६ नमूनाको कोरोना परिक्षण गरिएकोमा ५६ जनामा संक्रमण पुष्टि भएको हो ।
सुदूरपश्चिम प्रदेश स्वास्थ्य निर्देशनालय दिपायलका अनुसार शुक्रबार पिसिआर बिधिबाट १ सय ६६ नमुनाको परिक्षण गर्दा ३४ र ७ सय २० नमूनाको एन्टीजेन बिधिबाट गरिएको परिक्षणमा २२ जनागरी ५६ जना कोरोना संक्रमित थपिएका हुन ।
यो संगै सुदूरपश्चिम प्रदेशमा कोरोना संक्रमितको संख्या ४३ हजार ८ सय ३० पुगेको छ । स्वास्थ्य निर्देशनालयका अनुसार पछिल्लो २४ घण्टामा ३१ संक्रमितले कोरोना जितेका छन । यो संगै प्रदेशमा कोरोना निको हुनेको संख्या ३४ हजार ९ सय ३४ पुगेको छ ।
सुदूरपश्चिम प्रदेशमा पछिल्लो २४ घण्टामा कसैको पनि कोरोनाका कारण ज्यान गएको छैन । प्रदेशमा कोरोनाका कारण ज्यान गुमाउनेको संख्या ५ सय ७० रहेको छ ।





प्रतिकृया दिनुहोस्