April 25, 2026, Saturday
२०८३ बैशाख १२

सुदूरपश्चिम प्रदेशमा मानव अधिकार उल्लङ्घनका घटनामा वृद्धि

धनगढी, असार १६ (ई–रैवार)

सुदूरपश्चिम प्रदेशमा मानव अधिकार उल्लङ्घनका घटनामा वृद्धि भएको पाइएको छ। अनौपचारिक क्षेत्र सेवा केन्द्रले सुदूरपश्चिम प्रदेशमा मानव अधिकार उल्लङ्घनका घटनामा वृद्धि भएको जनाएको हो ।

अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) सुदूरपश्चिमले प्रदेश प्रमुख संयोजक खडक राज जोशीले मानव अधिकार उल्लङ्घनका घटनामा वृद्धि भएको बताएका हुन।

६ महिनाको अवधिमा प्रदेशका २६२ वटा मानव अधिकार उल्लङ्घनका घटना (इन्सेक) मा दर्ता भएका छन् । यी घटनाहरू मध्ये सबै भन्दा बढी महिला हिंसाका घटनाहरू रहेको इन्सेक सुदूरपश्चिम प्रदेश प्रमुख संयोजक जोशीले बताए ।

‘बालबालिकाको अधिकार, हत्या र घाइतेको अङ्ग भङ्ग भएका घटनाहरू छन् यो सङ्ख्या बढ्न सक्छ’ जोशीले भने‘ ‘हत्या हिंसाका कम गर्नका लागि समाजमा जनचेतना फैलाउनुपर्छ, यसरी बाहिर आएका घटनाहरूमा कानुनी कारबाही गर्नुपर्छ ।’ प्रदेशमा अझै माधव अधिकारको अवस्था जटिल रहेको संयोजक जोशीले बताए ।