June 16, 2026, Tuesday
२०८३ असार २

कैलालीमा जारी निषेधाज्ञा थप एक साता लम्बियो (आदेश सहित)

धनगढी, असार ७ (ई-रैवार)

कैलालीमा जारी निषेधाज्ञा थप एक साता लम्बिएको छ । कैलालीमा निषेधाज्ञाको स्वरूप परिवर्तन गरि थप एक साता निषेधाज्ञा लम्वाउने निर्णय भएको हो ।

जिल्ला प्रशासन कार्यालय कैलालीका सूचना अधिकारी जोशीका अनुसार कोरोना महामारीको दोस्रो लहर सुरु भएपछि कैलालीको स्थानीय प्रशासनले बैशाख १६ गतेदेखि क्रमिक रुपमा निषेधाज्ञा थप्दै आएकोमा अब असार १५ गतेसम्म निषेधाज्ञा लम्बाईएको हो ।

कैलालीमा अब निजी सवारी साधनमा जोर बिजोर प्रणाली लागू गर्ने निर्णय गरिएको छ । जिल्ला कोभिड–१९ संकट व्यवस्थापन केन्द्र (सीसीएमसी) को आज बसेको बैठकले असार ८ गतेबाट लागु हुनेगरी जोर बिजोर प्रणाली लागु गर्ने निर्णय भएको जिल्ला प्रशासन कार्यालयका सूचना अधिकारी जोशीले जानकारी दिए ।

यस्तै  सार्वजनिक यातायात, सभा सम्मेलन, होटल, सामूहिकमा गरिने कार्यलाई भने अझै सञ्चालनमा रोक लगाइने कैलाली प्रशासनले जनाएको छ । असार ८ गतेदेखि भने स्वास्थय मापदण्ड अपनाएर सरकारी कार्यालय सञ्चालन गर्ने समेत निर्णय भएको  सूचना अधिकारी जोशीले जानकारी दिए । बिहान ११ बजे सम्म खुल्ला रहदै आएका सबै पसल यथावत सञ्चालन गर्न सकिने समेत जनाएको छ ।

कैलालीमा जारी निषेधाज्ञाको स्वरूप परिवर्तन गरि थप एक साता निषेधाज्ञा लम्वाउने निर्णय भएको सूचना अधिकारी जोशीको भनाई छ  । कोरोना महामारीको दोस्रो लहर सुरु भएपछि कैलालीको स्थानीय प्रशासनले बैशाख १६ गतेदेखि क्रमिक रुपमा निषेधाज्ञा थप्दै आएको हो ।