सेती प्रादेशिक अस्पतालमा आज १३ जनामा कोरोना संक्रमण पुष्टि

धनगढी, जेठ ३१ (ई-रैवार)
सेती प्रादेशिक अस्पतालमा आज थप १३ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । सेती प्रादेशिक अस्पतालको प्रयोगशालामा पछिल्लो २४ घण्टामा २ सय ३१ नमुना परीक्षण गर्दा १३ जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।
अस्पतालका सूचना अधिकारी दिलीप कुमार श्रेष्ठका अनुसार धनगढी उपमहानगर पालिकाका ५ जना, कैलालीका २ जना र कैलाली बाहिरका ६ जना संक्रमण पुष्टि भएको छ ।
सेती प्रादेशिकअस्पतालमा हाल १५ सङ्क्रमित उपचाररत रहेका छन् । जसमध्ये ९ जना आइसियूमा, ३ जना अक्सिजन सपोर्टमा उपचाररत छन् भने ३ जनाको अवस्था सामान्य रहेको छ ।
पछिल्लो २४ घण्टामा सेती अस्पतालमा १० जना कोरोनामुक्त भएर घर फर्किएका छन् भने ३ जना अस्पताल भर्ना भएको सूचना अधिकारी श्रेष्ठले जानकारी दिए । पछिल्लो २४ घण्टामा कसैको कोरोनाका कारण मृत्यु नभएको अस्पतालले जनाएको छ ।





प्रतिकृया दिनुहोस्