सेती प्रादेशिक र महाकाली अस्पतालमा बुधबार १३३ जनामा कोरोना संक्रमण पुष्टि

धनगढी, जेठ २६ (ई-रैवार)
सेती प्रादेशिक र महाकाली अस्पतालमा बुधबार थप १३३ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । सेती प्रादेशिक र महाकाली अस्पतालको प्रयोगशालामा पछिल्लो २४ घण्टामा १३३ जनामा संक्रमण पुष्टि भएको हो ।
सेती प्रादेशिक अस्पतालका सूचना अधिकारी दिलिपकुमार श्रेष्ठका अनुसार धनगढी उपमहानगर पालिकाका ३८ जना, धनगढीबाहेक कैलालीका १९ जना र अन्य जिल्लाका १७ जनामा संक्रमण पुष्टि भएको छ ।
सेती प्रादेशिक अस्पतालमा हाल २४ जना कोरोना संक्रमितको उपचार भइरहेको सूचना अधिकारी श्रेष्ठले बताए । जसमध्ये ३ जना भेन्टिलेटरमा, ९ जना आइसियूमा, १४ जना अक्सिजन सपोर्टमा उपचाररत छन् भने १ जनाको अवस्था सामान्य रहेको जनाएको छ ।
पछिल्लो २४ घण्टामा सेती अस्पतालमा १७ जना कोरोनामुक्त भएर घर फर्किएका छन् भने ८ जना अस्पताल भर्ना भएको सूचना अधिकारी श्रेष्ठले जानकारी दिए ।
सेती प्रादेशिक अस्पतालमा पछिल्लो २४ घण्टामा अस्पतामा उपचाररत १ जना कोरोना संक्रमितको मृत्यु भएको अस्पतालले जनाएको छ ।
त्यस्तैगरिै कञ्चनपुरमा थप ५९ जनामा कोरोना संक्रमण पुष्टि भएक छ । आज ४९ जना कोरोना संक्रमण मुक्त भएको छन् ।
पछिल्लो २४ घण्टामा कसैको पनि कोरोना संक्रमणका कारण मृत्यु नभएको जिल्ला स्वास्थ्य कार्यालयका कम्प्युटर अपरेटर महेन्द्रा भट्टले जानकारी दिईन् ।
पछिल्लो केही दिन यता जिल्लामा संक्रमितको संख्या घटेको र ३ दिन यता मृत्युदर पनि शुन्य रहेको भट्टले बताइन् ।





प्रतिकृया दिनुहोस्