April 25, 2026, Saturday
२०८३ बैशाख १२

सेती प्रादेशिक अस्पतालमा मंगलबार १५४ जनामा कोरोना संक्रमण पुष्टि

धनगढी, जेठ २५ (ई-रैवार)

सेती प्रादेशिक अस्पतालमा मंगलबार थप १५४ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । सेती प्रादेशिक अस्पतालको प्रयोगशालामा पछिल्लो २४ घण्टामा ३५५ नमूना परीक्षण गर्दा १५४ जनामा संक्रमण पुष्टि भएको हाु ।

सेती प्रादेशिक अस्पतालका सूचना अधिकारी दिलिपकुमार श्रेष्ठका अनुसार धनगढी उपमहानगर पालिकाका ५१ जना, धनगढीबाहेक कैलालीका ५७ जना र अन्य जिल्लाका ४६ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

सेती प्रादेशिक अस्पतालमा हाल ३३ जना कोरोना संक्रमितको उपचार भइरहेको सूचना अधिकारी श्रेष्ठले बताएका छन् । जसमध्ये ३ जना भेन्टिलेटरमा, १२ जना आइसियूमा र २० जना अक्सिजन सपोर्टमा उपचाररत रहेका छन् ।

प्रादेशिक अस्पतालमा उपचाररत १ जनाको अवस्था सामान्य रहेको जनाएको छ । पछिल्लो २४ घण्टामा सेती अस्पतालमा ९ जना कोरोनामुक्त भएर घर फर्किएका छन् भने थप १० जना कोरोना संक्रमित अस्पताल भर्ना भएको सूचना अधिकारी श्रेष्ठले जानकारी दिए ।

पछिल्लो २४ घण्टामा प्रादेशिक अस्पतालमा कसैलेको पनि मृत्यु नभएको अपतालले जनाएको छ ।