सेती प्रादेशिक अस्पतालमा बिहिबार ५६ जनामा कोरोना संक्रमण पुष्टि

धनगढी, जेठ २० (ई-रैवार)
सेती प्रादेशिक अस्पतालमा बिहिबार थप ५६ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । सेती प्रादेशिक अस्पतालको प्रयोगशालामा पछिल्लो २४ घण्टामा ४६७ नमूना परीक्षण गर्दा ५६ जनामा संक्रमण पुष्टि भएको हो ।
अस्पतालका सूचना अधिकारी दिलिपकुमार श्रेष्ठका अनुसार धनगढी उपमहानगरपालिकाका २९ जना, धनगढीबाहेक कैलालीका १४ जना र अन्य जिल्लाका १३ जनामा संक्रमण पुष्टि भएको छ ।
हाल सेती प्रादेशिक अस्पतालमा ५२ जना कोरोना संक्रमितको उपचार भइरहेको सूचना अधिकारी श्रेष्ठले बताए । जसमध्ये ३ जना भेन्टिलेटरमा, १३ जना आइसियूमा, ३६ जना अक्सिजन सपोर्टमा उपचाररत छन् भने ३ जनाको अवस्था सामान्य रहेको जनाएको छ ।
पछिल्लो २४ घण्टामा सेती अस्पतालबाट २ जना निको भई घर फर्किएका छन्, भने थप १० जना अस्पतालमा भर्ना भएको सूचना अधिकारी श्रेष्ठले जानकारी दिए ।





प्रतिकृया दिनुहोस्