April 18, 2026, Saturday
२०८३ बैशाख ५

सुदूरपश्चिम प्रदेशमा आज ४५४ जनामा कोरोना संक्रमण पुष्टि, ६ जनाको मृत्यु

धनगढी, जेठ १८ (ई-रैवार) 

सुदूरपश्चिम प्रदेशमा आज थप ४५४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ। सुदूरपश्चिम प्रदेशका ३ वटा प्रयोगशालामा पछिल्लो २४ घण्टामा १०९५ जनामा पीसीआर र ५ वटा सीमानाकामा १०३६ जनामा ऐन्टिजेन विधिबाट परीक्षण गर्दा ४५४ जनामा संक्रमण पुष्टि भएको हो ।

सुदूरपश्चिम प्रदेश स्वास्थ्य निर्देशनालय दिपायलका अनुसार सेती प्रादेशिक अस्पताल प्रयोगशालामा ८३७ जनाको नमूना परीक्षण गर्दा २०१ जना, महाकाली अस्पतालमा ५१ नमूना परीक्षण गर्दा १५ जना र डडेल्धुरा अस्पतालमा २०७ जनाको नमुना परीक्षण गर्दा ८३ जनामा कोरोना संक्रमण पुष्टि भएको छ।

पछिल्लो २४ घण्टामा ८९९ जना संक्रमित निको भएको स्वास्थ्य निर्देशनालयले जनाएको छ। हालसम्म प्रदेशभर संक्रमण पुष्टि भएका २५ हजार ५९८ जनाले कोरोना जितेका छन् ।

हालसम्म पीसीआर र ऐन्टिजेन विधिबाट सुदूरपश्चिम प्रदेशमा २ लाख २७ हजार ८२६ नमूना परीक्षण गर्दा ४० हजार ४५ जनामा संक्रमण पुष्टि भएको छ।

सुदूरपश्चिम प्रदेशमा कोरोना संक्रमणबाट पछिल्लो २४ घण्टामा मंगलबार थप ६ जनाको मृत्यु भएको छ । कैलालीका २ जना कञ्चनपुरका २ जना र अछामका २ जनागरी ६ जनाको मृत्यु भएको स्वास्थ्य निर्देशनालय दिपायलले जनाएको छ।

सुदूरपश्चिम प्रदेशमा कोरोना संक्रमणबाट हालसम्म ५०६ जनाको मृत्यु भएको छ।