कांग्रेस नेता जोशीको पहलमा डौड स्वास्थ्यचौकीलाई अक्सिजन सिलिण्डर

डोटी जेठ १७ (ई-रैवार)
नेपाली कांग्रेसका नेता धर्मराज जोशीको पहलमा सायल गाउँपालिकाको डौड स्वास्थ्य चौकीका लागि तीन थान अक्सिजन सिलिण्डर आएको छ ।
नेता जोशीको पहलमा ह्युमनिटी फाउण्डेसन धनगढीले २७ लिटर क्षमताका तीनवटा सिलिण्डर उपलब्ध गराएको हो । यस्तै थप दुईहजार थान सर्जिकल मास्क पनि आएको नेता जोशीले बताए ।
कोभिड–१९को महामारीका क्रममा अहिले अक्सिजन अभाव बढिरहेको छ । यस्तो अवस्थामा अत्यावश्यक भएको अक्सिजनले गाउँपालिकाका बासिन्दाको ज्यान जोगाउन मद्दत गर्ने नेता जोशीले विश्वास व्यक्त गरे ।
यस्तै केही दिनमा थप अक्सिजन कन्सन्ट्रेटरका लागि पनि पहल भईरहेको उनले बताए । ‘हस्पीटल बेडहरु साधनको समस्याले तत्काल पठाउन सकिएको छैन्,’ धनगढीमा रहेका नेता जोशीले भने,‘थप अक्सिजन कन्सन्ट्रेटर भने केही दिनमा उपलब्ध हुने आश्वासन पाएको छु ।’
पहिलो चरणको कोरोना कहरदेखी नै नेता जोशीले आफुलाई जनताहरुको जिउज्यानको सुरक्षाका लागि समर्पित गर्दै आएका छन् ।





प्रतिकृया दिनुहोस्