सरकारले संबिधान भन्दा बाहिर गएर मन्त्रीमण्डल पुर्नगठन गरेको काँग्रेसको आरोप

धनगढी, जेठ १६ (ई-रैवार)
काँग्रेसले सरकार जोगाउन मन्त्रीमण्डल पुर्नगठन गरेको आरोप लगाएको छ । नेपाली काँग्रेस सुदूरपश्चिम संसदीय दलको आईतबार बसेले प्रदेश सरकार जोगाउनमन्त्रीमण्डल पुर्नगठन गरेको आरोप लगाएको हो।
नेपाली काँग्रेस सुदूरपश्चिम संसदीय दलका नेता डा. रणबहादुर रावलले आईतबार बसेको बैठकको निर्णय सुनाउदै सुदूरपश्चिम प्रदेश सरकारले संबिधान भन्दा बाहिर गएर आफ्नो सरकार सुरक्षीत राख्न मन्त्रीमण्डल बिस्तार गरेको आरोपका हुन् ।
काँग्रेस संसदीय दलका नेता रावलले कोरोना महामारीमा जनताको काम गर्नुको साटो सत्ता टिकाउन खेलमा लागिपरेको आरोप लगाए ।
कोरोना महामारी नियन्त्रणमा उदासिन बनेको प्रदेश सरकार सत्ता जोगाउन तर्फ मात्रै लागिरहेको छ । अहिले प्रदेशका आमा नागरिक अक्सिजन अभावमा तड्पिरहे पनि सरकारको ध्यान भने आफ्नै कुर्चीतर्फ मात्रै गएको आरोप उनको छ ।
तीन वर्ष फुर्सदमै विताएको प्रदेश सरकारले महामारी नियन्त्रण गर्नका लागि अस्पतालमा वेडको समेत व्यवस्था गर्न नसकेको काँग्रेस संसदीय दलले आरोप लगाएको छ ।
काँग्रेसले कोरोना भाइरसको संक्रमणमा जारी निषेधाज्ञाका कारण प्रभावित मजदुरका लागि तत्काल राहतका प्याकेज ल्याउन माग गरेको छ ।
सुदूरपश्चिम प्रदेश संसदीय दलको बैठकले ज्यालादारी गरेर खाने वर्ग निषेधाज्ञाका कारण प्रभावित भएको कारण तत्काल राहतका प्याकेज ल्याउन प्रदेश सरकारसँग माग गर्ने निर्णय गरेको छ ।
काँग्रेस संसदीय दलका नेता डा.रणबहादुर रावलले सरकारले अहिले सम्म मजदुरका लागि राहत प्याकेज नल्याएकाले तत्काल सरकारको ध्यानाकर्षण गराउने निर्णय भएको जानकारी दिए ।





प्रतिकृया दिनुहोस्