April 24, 2026, Friday
२०८३ बैशाख १२

सुदूरपश्चिम प्रदेशमा शुक्रबार ५२२ जनामा कोरोना संक्रमण पुष्टि, ३ जनाको मृत्यु

धनगढी, जेठ १४ (ई-रैवार)

सुदूरपश्चिम प्रदेशमा शुक्रबार थप ५२२ जनामा कोरोना संक्रमण पुष्टि भएको छ। सुदूरपश्चिम स्वास्थ्य निर्देशनालय दिपायलका अनुसार पछिल्लो २४ घण्टामा प्रदेशका ५ वटा प्रयोगशालामा १ हजार ४७ नमुना पीसीआर र ३ वटा सीमानाकामा ५५४ नमूना ऐन्टिजेन विधिबाट परीक्षण गर्दा ५२२ जनामा संक्रमण पुष्टि भएको हो ।

स्वास्थ्य निर्देशनालय दिपायलका अनुसार पछिल्लो २४ घण्टामा ८९३ जना कोरोना संक्रमित निको भएका छन्। सुदूरपश्चिम प्रदेशमा पछिल्लो २४ घण्टामा ३ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।

मृत्यु हुनेमा कैलालीका २ जना र कञ्चनपुरका १ जनागरी ३ जनाको मृत्यु भएको सुदूरपश्चिम स्वास्थ्य निर्देशनालय दिपायलले जनाएको छ।

सुदूरपश्चिम प्रदेशमा हालसम्म पीसीआर र ऐन्टिजेन विधिबाट २ लाख २० हजार ८४७ नमूना परीक्षण गर्दा ३८ हजार १८१ जनामा संक्रमण पुष्टि भएको छ। प्रदेशभर कोरोना संक्रमण पुष्टि भएका २१ हजार ८०६ जनाले कोरोना जितेका छन् भने, ४८० जनाको मृत्यु भएको छ।