एमालेले माग्यो सुदूरपश्चिम प्रदेश सरकारका तीन मन्त्रीलाई २४ घण्टे स्पष्टीकरण

धनगढी, जेठ १३ (ई-रैवार)
सुदूरपश्चिम प्रदेश सरकारका तीन मन्त्रीलाई स्पष्टीकरण सोधेको छ । नेकपा (एमाले) प्रदेश कमिटीले सुदूरपश्चिम प्रदेश सरकारमा सहभागी तीन मन्त्रीलाई स्पष्टीकरण सोधेको हो ।
नेकपा (एमाले) प्रदेश कमिटीले एमालेको स्थायी कमिटी बैठकको निर्देशन निर्णय उल्लंघन गरेको र पार्टी फुटाउन अग्रसर भएको भन्दै सुदूरपश्चिम प्रदेश सरकारमा सहभागी तीनै जना मन्त्रीलाई आज २४ घण्टे स्पष्टीकरण सोधिएको हो ।
मुख्यमन्त्री त्रिलोचन भट्ट नेतृत्वको प्रदेश सरकारमा एमालेका तर्फबाट प्रकाशबहादुर शाह आन्तरिक मामिला तथा कानुनमन्त्री, कृष्णराज सुवेदी सामाजिक विकासमन्त्री र माया भट्ट उद्योग, पर्यटन, वन तथा वातावरणमन्त्री छन् । उनीहरु तीनैजना नेपाल समूहका हुन् ।
स्थायी कमिटी बैठकको निर्णयलाई चुनौती दिँदै एमाले सुदूरपश्चिम प्रदेश संसदीय दलको बुधबार बसेको बैठकले सरकारलाई दिएको समर्थन फिर्ता नलिने निर्णय गरेको थियो ।






प्रतिकृया दिनुहोस्