डोटीमा एक महिलालाई जिउँदै आगो लगाइयो

डोटी, जेठ १३ (ई-रैवार)
डोटीमा एक महिलामाथि जिउँदै आगो लगाइएको छ । आदर्श गाउँपालिका वडा नम्बर ४ रोडिङ्गे गाउँकि वर्ष २८ कि लक्ष्मी भाट आफ्नै पसलमा सुतिरहेको अवस्थामा अज्ञात व्यक्तिले प्रज्वलनशील पदार्थ छर्केर आगो लगाएको हो ।
राती करिब १२:३० बजेको समयमा भाटको शरीरमा आगो लगाइएको प्रारम्भिक जानकारी प्राप्त प्रहरीले जनाएको छ । उनको स्वास्थ्य अवस्था गम्भीर रहेको र उनलाई अहिले उपचारका लागि जिल्ला अस्पताल डोटी ल्याईरहेको प्रहरी नायब उपरीक्षक एवं प्रहरी प्रवक्ता इन्द्र बहादुर मल्लले जानकारी दिएका छन् ।
प्रज्वलनशील पदार्थ पेट्रोल हो वा मट्टीतेल, त्यो खुल्न नसके पनि प्रहरी प्रवक्ता मल्लले बताए। घटनाको विस्तृत अनुसन्धानको लागि जिल्ला प्रहरी कार्यालको टोली घटनास्थल पुगेको र अनुसन्धान गरीरहेको प्रहरी नायब उपरीक्षक एवं प्रहरी प्रवक्ता मल्लले जानकारी दिए ।





प्रतिकृया दिनुहोस्