सेती प्रादेशिक अस्पतालमा आज ५३८ जनामा कोरोना पुष्टि, ४ जनाको मृत्यु

धनगढी, जेठ ८ (ई-रैवार)
सेती प्रादेशिक अस्पतालमा आज थप ५३८ जनामा कोरोना संक्रमण पुष्टि भएको छ। सेती प्रादेशिक अस्पतालको प्रयोगशालामा पछिल्लो २४ घण्टामा १ हजार १ जनाको नमुना परिक्षण गर्दा ५३८ जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।
सेती प्रादेशिक अस्पतालका सूचना अधिकारी दिलिप कुमार श्रेष्ठका अनुसार अहिले सेती प्रादेशिक अस्पतालमा १०३ जना संक्रमित उपचाररत रहेका छन्। जसमध्ये १६ जना आईसीयूमा र ८३ जना अक्सिजन सपोर्टमा उपचाररत रहेको अस्पतालले जनाएको छ।
सूचना अधिकारी श्रेष्ठले पछिल्लो २४ घण्टामा १० जना निको भएर घर फर्केका छन भने ९ जना नयाँ सक्रमित भर्ना भएको बताए।
सेती प्रादेशिक अस्पतालमा पछिल्लो २४ घण्टामा थप ४ जनाको मृत्यु भएको छ।
सूचना अधिकारी श्रेष्ठले धनगढी उपमहानगरपालिका वडा नम्बर २ का ६५ वर्षीय पुरुष, वडा नम्बर ८ का ५८ वर्षीय पुरुष, वडा नम्बर १२ का ४२ वर्षीय पुरुष र गोदावरी नगरपालिका वडा नम्बर ४ का ३५ वषीय पुरुषको मृत्यु भएको बताए।





प्रतिकृया दिनुहोस्