April 24, 2026, Friday
२०८३ बैशाख १२

सेती प्रादेशिक अस्पतालमा बिहिबार ४६४ जनामा कोरोना पुष्टि, ४ जनाको मृत्यु

धनगढी, जेठ ६ (ई-रैवार) 

सेती प्रादेशिक अस्पतालमा बिहिबार थप ४६४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । सेती प्रादेशिक अस्पतालको प्रयोगशालामा पछिल्लो २४ घण्टामा ८४६ नमूना परीक्षण गर्दा ४६४ जनामा संक्रमण पुष्टि भएको हो ।

सेती प्रादेशिक अस्पतालका सूचना अधिकारी दिलिपकुमार श्रेष्ठका अनुसार अस्पतालमा १०३ जनाको उपचार भईरहेको छ । पछिल्लो २४ घण्टामा सेती अस्पतालबाट ११ जना कोरोनामुक्त भएका छन् भने थप १३ जना अस्पतालमा भर्ना भएका छन् ।

सूचना अधिकारी श्रेष्ठका अनुसार सेती प्रादेशिक अस्पतालमा पछिल्लो २४ घण्टामा थप ४ जना कोरोना संक्रमितको मृत्यु भएको छ।

कैलालीको कैलारी गाउँपालिका वडा नम्बर ६ का २४ वर्षीय महिला, गोदावरी नगरपालिका ४ का ५० वर्षीय पुरुष, गोदावरीकै वडा नम्बर २ का ६५ वर्षीय पुरुष र बर्दागोरिया गाउँपालिका वडा नम्बर ६ का ६५ वर्षीया महिलाको मृत्यु भएको सेती प्रादेशिक अस्पतालका सूचना अधिकारी श्रोष्ठले बताए।