April 24, 2026, Friday
२०८३ बैशाख ११

सेती प्रादेशिक अस्पतालमा मंगलबार ३०३ जनामा कोरोना पुष्टि, ६ जनाको मृत्यु

धनगढी, जेठ ४ (ई-रैवार)

सेती प्रादेशिक अस्पतालमा मंगलबार थप ३०३ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । सेती प्रादेशिक अस्पतालको प्रयोगशालामा पछिल्लो २४ घण्टामा ५०९ नमूना परीक्षण गर्दा ३०३ जनामा संक्रमण पुष्टि भएको हो ।

सेती प्रादेशिक अस्पतालका सूचना अधिकारी दिलिपकुमार श्रेष्ठका अनुसार धनगढी उपमहानगरपालिकाका १०१ जना, धनगढीबाहेक कैलालीका ८१ जना र अन्य जिल्लाका ३७ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

सूचना अधिकारी श्रेष्ठले अहिले अस्पतालमा १२२ जना कोरोना संक्रमितको उपचार भइरहेको बताए। जसमध्ये १६ जना आइसियूमा, १०१ जना अक्सिजन सपोर्टमा उपचाररत छन् भने ५ जनाको अवस्था सामान्य रहेको अस्पतालले जनाएको छ ।

पछिल्लो २४ घण्टामा सेती प्रादेशिक अस्पतालबाट ६ जना कोरोनामुक्त भएका छन् । आज थप ८ जना कोरोना संक्रमित अस्पतालमा भर्ना भएका छन् ।

सेती प्रादेशिक अस्पतालमा पछिल्लो २४ घण्टामा ६ जनाको उपचारकै क्रममा मृत्यु भएको अस्पतालले जनाएको छ ।

मृत्यु हुनेमा कैलालीको धनगढी उपमहानगरपालीका २ का ५९ बर्षिय पुरुष, धनगढी १ का ८० बर्षिय पुरुष, धनगढी १७का ३५ बर्षिया महिला, कैलालीको जोशीपुरका २९ बर्षिया महिला, कञ्चनपुरको कृष्णपुर ७ का ३२ बर्षिय पुरुष र डोडीको सिलगढी ६ का ६१ बर्षिय पुरुषको मृत्यु भएको अस्पतालका सुचना अधिकारी श्रेष्ठले जानकारी दिए ।