April 24, 2026, Friday
२०८३ बैशाख ११

रोटरी क्लब अफ धनगढीद्वारा अक्सिजन कन्सन्ट्रेटर खरिद गर्न ६७ लाख रकम संकलन

धनगढी, जेठ २ (ई-रैवार)

रोटरी क्लब अफ धनगढीले अक्सिजन कन्सन्ट्रेटर खरिद गर्न ६७ लाख रकम संकलन गरेको छ। रोटरी क्लब अफ धनगढीले अक्सिजन कन्सन्ट्रेटर खरिद अभियान थालेको २ दिनमा ६७ लाख रकम संकलन गरेको हो ।

कोरोनाका गम्भीर प्रकृतिका बिरामीको जीवन रक्षाका लागि प्रति घण्टा १० लिटर अक्सिजन प्रदान गर्ने १ सय थान अक्सिजन कन्सन्ट्रेटर खदिर गरी अस्पतालहरुलाई वितरण गर्न क्लबले निर्णय गरेसंगै शनिबारबाट अभियान थालिएको थियो।

रोटरी क्लव अफ धनगढीका संस्थापक अध्यक्ष प्रकाशचन्द्र भट्टले आइतबार साझ ७ बजेसम्म ६७ लाख संकलन भएको बताएका छन् । क्लबलाई १ करोड ३० लाख रकम आवश्यक परेको छ। अझै ६३ लाख रकम क्लबलाई आवस्यक छ।

शनिबार एक अपिल सार्वजनिक गर्दै क्लबका अध्यक्ष तोयराज भट्टले सहयोगका लागि सबैलाई आग्रह गरेका थिए। उनले शनिबार विज्ञप्तिमार्फत भनेका थिए, ‘भारतको राजधानी नयाँ दिल्लीमा प्रति एक थान अक्सिजन कन्सन्ट्रेटरको मुल्य एक लाख ३० हजार नेपाली पर्ने देखिएको छ। यसका लागि एक करोड ३० लाख रकमको आवश्यकता पर्छ। यस रकमका लागि रोटरीका ईन्टरनेशनल क्वबलहरुले पनि प्रतिवद्धता जनाएका छन्।

रोटरी क्लब अफ धनगढीको सय थान कन्सन्ट्रेटर वितरणमा व्यवसायीहरु, सामाजिक अभियन्ताहरु, समाजसेवी, गैरसरकारी संस्थाहरु र आम नागरिकहरुको सक्दो सहयोगका लागि अपिल गर्दछौं। विज्ञप्तिमार्फत अध्यक्ष भट्टले भनेका छन् ।

क्लबले सहयोग रकम रोटरी क्लब अफ धनगढीको एभरेष्ट बैंक लिमिटेड धनगढी शाखामा रहेको खाता नम्बर ०११००५०१२२५२३९ मा जम्मा गर्न समेत आग्रह गरेको छ। सम्पर्कका लागि ९८५८४२०२२४, ९८४१६३३०००, ९८५८४२०१६३ र ८५८४२२४२७ मा फोन गर्न सकिने संस्थाले जनाएको छ ।