सेती अस्पतालमा आइतबार ४३५ जनामा कोरोना पुष्टि, ३ जनाको मृत्यु

धनगढी, जेठ २ (ई-रैवार)
सेती प्रादेशिक अस्पतालमा आइतबार थप ४३५ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ। सेती प्रादेशिक अस्पतालको प्रयोगशालामा पछिल्लो २४ घण्टामा ७४७ नमूना परीक्षण गर्दा ४३५ जनामा संक्रमण पुष्टि भएको हो ।
सेती प्रादेशिक अस्पतालका सूचना अधिकारी दिलिपकुमार श्रेष्ठका अनुसार धनगढी उपमहानगरपालिकाका १३८ जना, धनगढीबाहेक कैलालीका २७८ जना र अन्य जिल्लाका १९ जनामा संक्रमण पुष्टि भएको छ ।
सेती प्रादेशिक अस्पतालमा अहिले १०९ जना कोरोना संक्रमितको उपचार भइरहेको सूचना अधिकारी श्रेष्ठले बताए। जसमध्ये १ जना भेन्टिलेटरमा, १५ जना आइसियूमा, ८९ जना अक्सिजन सपोर्टमा उपचाररत छन् । हाल अस्पतालको इमर्जेन्सी वार्डमा २० पुरुष र ६ महिला गरी २६ जना उपचाररत छन्।
सूचना अधिकारी श्रेष्ठले ५ जनाको अवस्था सामान्य रहेको जनाएका छन । पछिल्लो २४ घण्टामा सेती अस्पतालबाट १ जना कोरोनामुक्त भएका छन् । भने थप ४ जना अस्पतालमा भर्ना भएका छन् ।
पछिल्लो २४ घण्टामा सेती प्रादेशिक अस्पतालमा ३ जनाको उपचारकै क्रममा मृत्यु भएको अस्पतालले जनाएको छ ।





प्रतिकृया दिनुहोस्